२६ बैशाख २०८३, शनिबार | May 9, 2026

रुकुमपश्चिमका भूमिहीनलाई निस्सा वितरण



रुकुमपश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । पालिकामा हालसम्म एक सय सात भूमिहनलाई निस्सा वितरण गरिएको हो ।

गाउँपालिको कार्यालयमा २३ भूमिहिन दलित, दुई सकुम्बासी र ८२ अव्यवस्थित लाभग्राहीलाई जग्गा प्राप्तिका लागि निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य शुशिल विष्टले जानकारी दिए । “निस्सा जग्गा प्राप्तिको पहिलो आधार हो । जग्गा उपलब्ध गराउन प्रक्रियाको थालनी भएको छ”, उनले भने । भूमिहिनले जग्गा प्राप्तिका लागि निवेदन दिएपछि निस्सा वितरण थालिएको हो । अब चाँडै जग्गा नापजाँच गरिने सबै प्रक्रिया पुगेकालाई पुर्जा वितरण गरिने विज्ञ सदस्य विष्टले जानकारी दिए ।

भूमिहीनले जग्गा पाउने निश्चित भएपछि उनीहरुलाई जग्गा उपलब्ध गराइने छ । भुमिहिन दलित तथा सुकुम्बासीलाई आवासका लागि तीन सय वर्गमिटर र कृषिका लागि एक हजार वर्गमिटिर जग्गा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष मिनबहादुर ओलीले जानकारी दिए ।

छनोटमा परेका लाभग्राहीलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गा उपयुक्त भएमा सोही ठाउँको जग्गा दिने तथा त्यहाँ उपयुक्त नभएमा भूमि आयोग तथा स्थानीय सरकारको निर्णयअनुसार उपयुक्त ठाउँ खोजेर जग्गा प्रदान गरिने उनको भनाइ छ । जिल्लामा एक हजार आठ सयभन्दा बढी जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । निस्सा वितरण कार्य जिल्लाका छवटै स्थानीय तहमा सञ्चालन गरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : १८ बजे

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि