८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

सगरहवा मूर्ति कार्यशाला शुरु, उपाध्यक्ष डा. लामाले गरे उद्घाटन



लुम्बिनी । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबारदेखि शुरु भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले मूर्ति बनाइने ढुंगालाई हम्मर र छिनोले खोपेर शुभारम्भ गरेका हुन ।

लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देही सहित स्थानीय संघसंस्थाहरुको आयोजनामा कार्यशाला शुरु भएको हो ।

कार्यशालाको शुभारम्भ गर्दै उपाध्यक्ष डा. लामाले सगरहवा बुद्धकालिन समयमा शाक्यहरुको नरसंहार भएको स्थल भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्न प्रत्येक वर्ष शान्ति पूजा गर्ने घोषणा गरे । उनले यो पटक मूर्तिकार्यशाला गरिएको बताउँदै आगामि बर्ष सगरहवामा भएको घटनाका बारेमा प्रचार गर्न कोष सहित स्थानीय सरकारसँग मिलेर विश्वशान्तिको कामना सहित महोत्सव गर्ने बताए । उपाध्यक्ष लामाले सगरहवा बुद्धको बंश शाक्यहरुमाथि भएको दुःखद घटनाका बारेमा बौद्धमार्गी र आम मानिसहरुमा जानकारी हुनुपर्ने बताउँदै यसका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए ।

उनले महायाज्ञा र बज्रयानी बुद्धिष्टहरुले भारतको कलकत्तामा बार्षिक अर्बोको माछा तालमा छाड्ने गरेको बताउँदै अब सगरहवा र जगदीशपुल ताललाई विकल्पका रुपमा तयार गर्न सकिने बताए । उनका अनुसार बौद्धिष्टहरुले लामो आयुका लागि माछा पोखरीमा छाड्ने गर्छन । उपाध्यक्ष लामाले सगरहवा स्थानीयहरुकै कारण संरक्षण हुने बताउँदै मूर्तिकार्यशालाबाट कुँदिएका मूर्तिहरुको संरक्षणमा लाग्नुपर्ने बताए । उनले कपिलबस्तु ऐतिहासिक र पुरातात्विक स्थलहरु धेरै रहेको जिल्ला भएकाले यसको विकासका लागि लुम्बिनी विकास कोषले काम गरिरहेको बताए ।

उनले आफू उपाध्यक्ष भइसकेपछि तिलौराकोटलाई सरसफाईयुक्त बनाइएको र विश्वसम्पदा सूचीमा सुचीकृत गराउने काम अगाडि बढिरहेको बताए । उनले आफुहरु बुद्धभूमि कपिलबस्तुका ऐतिहासिक र पुरातात्विक स्थलहरुको विकासलाई प्राथिमकताका साथ गरिने बताए । कोष लुम्बिनीको गुरुयोजना पूरा गर्नका लागि केन्द्रीत हुँदा कपिलबस्तु र रामग्रामको विकासमा ध्यान ध्यान केन्द्रीत कम भएको बताउँदै अब बढाइने बताए ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले मूर्तिकार्यशालाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कपिलबस्तु नगरपालिका ऐतिहासिक स्थल सगरहवा सहित यहाँका बौद्धकालिन क्षेत्रहरुको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । उनले कपिलबस्तुलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि रामग्राममा जस्तै यहाँ पनि कार्यक्रम गर्न सुझाव दिए ।

कार्यक्रममा कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसंग गाँसिएका विभिन्न कथाहरुलाई मूर्तिमा कलाकारहरुले उतार्ने बताए । कार्यशालाबाट तयार भएका मूर्तीहरुले सगरहवाको ऐतिहासिक र पुरातात्विक महत्व उजागरसँगै पर्यटक आउने वातावरण बनाउने उनले बताए । उनले लुम्बिनी विकास कोषले कपिलबस्तुका बौद्धकालिन स्थानहरुको विकास गर्न अब प्राथमिकता दिने नीति लिएको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले पुरातात्विक र ऐतिहासिक बिषयसँग जोडेर मूर्ति निर्माणको काम शुरु गरिएको बताए । उनले अरनिको स्मृती दिवसको अवसर पारेर ऐतिहासिक स्थलमा मूर्ति निर्माणको कामको थालनी हुनु निकै खुशीको कुरा भएको बताउँदै कलाको विकासमा सबैसँग जोडिएर अगाडि बढ्न चाहेको बताए ।

कार्यक्रममा कपिलबस्तु जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च कपिलबस्तुका अध्यक्ष एंव कार्याशाला सचिवालय सदस्य देवेन्द्र कुमार पोखरेल, सचिवालय सदस्य देवेन्द्र कुमार पोखरेल, भन्ते सुमंगलो, दामोदर सापकोटा लगाउतले बोल्दै सगरहवा आफैमा ऐतिहासिक स्थल भएकाले मूर्तिकार्यशालाले यस क्षेत्रको ऐतिहासिक पक्षलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्नेमा जोड दिए । कार्यशालाको अवसरमा लेखक पोमनारायण पौडेलद्धारा लिखित प्राचिन कपिलबस्तुको पतन र सगरहवा पुस्तकको विमोचन गरिएको छ । पुस्तकको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले विमोचन गरेका हुन । कार्यशाला आगामि माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।

शाक्यमुनि बुद्धको जीवनको उतार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रु्नजीतलाई झुक्याएर शाक्यपुत्री भनि दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधबश कपिलबस्तु राज्यका हजारौं शाक्यहरुको सामूहिक बध गरेको स्थनका रुपमा सगरहवालाई चिनिन्छ ।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ कि.मी. र तिलौराकोटवाट ६ कि.मी. उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाईबाट ७ किमी तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदिशपुर तालको दक्षिणमा रहेको छ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चीनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ । सन् १८९७ मा डा. फुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूूलो वर्गाकार स्तुुपहरु र धेरै संख्यामा साना स्तुुप भेटिएको थियो । स्तुुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री प्राप्त भएका थिए । जगदिशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५२ विघा क्षेत्रफलमा फैलिएको छ ।

कार्यशालाको मुख्य आयोजक लुम्बिनी विकास कोष, आयोजकको रुपमा कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, नेपाल पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देहीको भुमिका हुनेछ भने कुमारी बैंक लिमिटेड, एनआईएमबि बैंकले मुख्य प्रायोजन र नेविल बैंक र कृषि विकास बैंकले प्रायोजको भुमिका निर्वाह गर्नेछन ।

सञ्चार प्रबद्र्धकको रुपमा नेपाल पत्रकार महासंघ कपिलवस्तु, लुम्बिनी पर्यटन पत्रकार संघ, पर्यटन प्रबद्र्धकको रुपमा ड्रिम देवदह रुपन्देही र नाटा लुम्बिनी प्रदेश रहेका छन । स्थानिय प्राचीन कपिलवस्तु सरोकार मञ्च, कपिलबस्तु जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च कपिलबस्तु सहआयोजकको रुपमा रहेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : ०१ बजे

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना न्यून

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले