२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्ज नाका भएर नेपाल भित्रिनेहरुलाई आजबाट ‘राष्ट्रिय झण्डा’को स्वागत



नेपालगन्ज । नेपालगन्ज नाका भएर नेपाल फर्कने जो कोहीलाई अवदेखि सीमानाकामा नेपालको राष्ट्रिय झण्डाले स्वागत गरिने भएको छ । सीमानाकाको नेपाल प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा फहराइएसँगै नेपाल प्रवेश गर्ने जो कोहीले अवदेखि नेपाली राष्ट्रिय झण्डाको स्वागत पाउने भएका हुन् ।

नेपाली कलात्मक शैलीमा निर्मित नेपालगन्जस्थित जमुनाहामा रहेको नेपाल-भारत प्रवेशद्धारलाई चिटिक्क पारिएको छ भने त्यससँगै आज प्रवेशद्वारमा राष्ट्रिय झण्डा फहराइएको छ । नेपालगन्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासबाट प्रवेशद्वारमा रंगरोगन गरिएपछि सिमा प्रवेशद्धारको स्वरुप फेरिएको छ । वर्षौदेखी रंगरोगन नहुँदा प्रवेशद्धाको सौन्दर्य बिग्रिएको थियो ।

आज एक कार्यक्रमकाबीच नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल विन्ध्यावासिनी बाहिनीका बाहिनीपति एवम् डिआईजी अभिकुमार खत्री र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले संयुक्तरुपमा झण्डा फहराएका हुन् ।

उक्त कार्यक्रमलाई बोल्दै नगर प्रमुख विष्टले मुलुकको पहिचान झल्काउने राष्ट्रिय झण्डाले नेपालीहरुको आत्मसम्मानलाई अझ बलियो बनाउने बिश्वास ब्यक्त गरे । एक देशबाट अर्को देशमा प्रवेश गर्ने ठाउँलाई रंगरोगन सहित झण्डा फहराएर सकारात्मक सन्देश दिइएको उनले बताए ।

डिआईजी खत्रीले सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सौन्दर्यकरण गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको बताए । सरकारले यसैवर्ष देखि सीमानाकाका सीमा स्तम्भहरुको रंगरोगन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सीमा क्षेत्रमा सौन्दर्यकरण गरेर राम्रो कामको सुरुवात भएको धारणा राखे ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख (एसपी) रमेशकुमार शाहीले देशमै पहिलोपटक नेपालगन्ज नाकाबाट यस्तो कामको सुरुवात भएको दाबी गरे ।

यसैबीच सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको सौजन्यमा जमुनाहा नाकामा शुद्ध खानेपानी सेवाको आरम्भ गरिएको छ । नाका भएर आवतजावत गर्ने व्यक्तिहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानीको सेवा आरम्भ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : ०० बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले