४ भदौ २०८३, बिहिबार | August 20, 2026

प्रधानमन्त्री कप पुरुष प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि बाँकेलाई



बुटवल । प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि बाँकेको हातमा परेको छ । सिद्धार्थ क्रिकेट मैदान भैरहवामा आईतबार भएको फाईनल खेलमा नवलपरासीलाई ७ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

नवलपरासीले टस जितेर ब्याटिङको निम्तो दिएपछि मैदान उत्रेको बाँकेले २७.१ ओभरमा सबै बिकेट गुमाएर १ सय ४९ रनको लक्ष्य खडा गरेको थियो । बाँकेका सिद्धान्त राज शाहीले ३० रनमा ४० तथा राहुल शर्माले १४ बलमा १६ रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न नवलपरासीका अजित यादव र इकलाख वारसीले समान ३—३ तथा रोशनलाल गुप्ताले २ विकेट लिए ।

मध्यम लक्ष्य पछयाएको नवलपरासीले प्रकाशका कारण खेल २८ ओभर घटाउदा यसको फाईदा बाँकेलाई भयो । नवलपरासीले निर्धारित २८ ओभरमा ७ बिकेटको नोक्सानीमा केवल १ सय ४२ रन बनायो । बाँकेका लभकुश यादव र सिद्धान्तराज शाहीले समान २—२ तथा धन बहादुर क्षेत्री र सुनिल भण्डारीले समान १—१ बिकेट लिए । खेलमा बाँकेका सिद्धान्तराज शाही म्यान अफ द म्याचबाट पुरस्कृत भएका छन् ।

योसंगै प्रतियोगितामा सहभागी टिमहरुबाट छनौटगरि लुम्बिनी प्रदेशको एउटा बलियो टिम तयार गरिने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए ।छनौट भएको टिम नै पिएम कपमा प्रदेशको प्रतिनिधित्व गर्ने उनले जानकारी दिए ।

बिजयी खेलाडिहरुलाई एक समारोहका बीच सिद्धार्थनगरपालिकाका उपप्रमुख उमा अधिकारी, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, नेपाल क्रिकेट संघका पुर्व कार्यबाहक सचिव प्रशान्त मल्ल, प्रदेश क्रिकेट संघका सल्लाहकार दिनेश हमाल, विनय ज्ञवाली, नवलपरासी क्रिकेट संघका अध्यक्ष कृष्ण श्रेष्ठले ट्रफी, पुरस्कार बितरण गरेका थिए ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : २८ बजे

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या