३० भदौ २०८३, मंगलबार | September 15, 2026

पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष सञ्चालन



काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना भएको छ ।

आजदेखि सञ्चालनमा आएको उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गरिन ।

स्तनपान कक्ष देशभित्र तथा बाह्यमुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताइन । मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषले स्तनपानकक्ष स्थापना गरेको हो ।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपानकक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत स्थानमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखेशिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएका बताए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : ४७ बजे

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने