१६ बैशाख २०८१, आइतबार | April 28, 2024

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ



काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरको संचालक ४४ वर्षीय टंक प्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका-४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन् ।

वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक ८० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टंक प्रसादले १ जना पीडितबाट ३ लाख रूपैयाँ र विक्रमले १ जनालाई मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ९० हजार रूपैयाँ ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टंक प्रसादलाई काठमाडौं बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : ०० बजे

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०