२३ बैशाख २०८३, बुधबार | May 7, 2026

एकवर्ष अघि पार्टी छाडेको घोषणा गरेका राजु गुरुङले आज दिए पार्टीबाट राजीनामा



बुटवल । झण्डै १ वर्ष अगाडि पार्टी छाडेर स्वतन्त्र भएको घोषणा गरेका रुपन्देहीका राजु गुरुङले आज पुनः नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजीनामा दिएका छन् । समाजिक सञ्जालबाट एक वर्ष अघि पार्टीको सबै पद त्यागेर स्वतन्त्र भएको घोषणा गरेका गुरुङले आज लिखित राजीनामा सार्वजनिक गरेका हुन् ।

उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएको जनाएका छन्। उनले अध्यक्षलाई संबोधन गर्दै लेखिएको राजीनामा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । “जिवनमा न त कहिल्यै चिरउरीको अपेक्षा नै गरें ! न त कहिल्यै कसैको चिरउरी नै गरें !!” राजीनामा सहित उनले सामाजिक सञ्जालमा लेखेका छन्

raju_gurung

राजीनामापत्रमा उनले पार्टीको सदस्यता र पार्टीले आफूलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजीनामा पोष्ट भएलगत्तै खबरकुरासँग कुरा गर्दै गुरुङले पहिले फेसबुकबाट पार्टी छाडेको र अहिले लिखित राजीनामा दिएको बताए । उनले पार्टी केन्द्रको छैठौं बैठकबाट पार्टीमा आफ्नो फरकमत रहेको उल्लेख गर्दै फरकमतको सम्बोधन नभएपछि पार्टीको सदस्य समेत नरहने गरि लिखित राजीनामा दिएको बताए ।

गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं.२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत बनेका थिए । तर निर्वाचन आयोगले कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : ४५ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा