९ कार्तिक २०८३, सोमबार | October 26, 2026

नेपालगन्जमा इ-रिक्सामाथि उपमहानगरको ‘जेसीबी’ चल्यो



नेपालगन्ज । नेपालगन्जमा अबैध रुपमा संचालनमा रहेको इ-रिक्साहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले ‘जेसीबी’ लगाएर नष्ट गर्न सुरु गरेको छ । बिना कागजपत्र र बिना दर्ता संचालनमा रहेको इ-रिक्साहरु नियन्त्रणमा लिएर आवश्यक कागजपत्र सहित दर्ता गर्न लामो समयदेखि ताकेता गर्दा पनि रिक्साधनीहरु सम्पर्कमा नआएपछि उपमहानगरले ‘जेसीबी’ लगाएर रिक्सा नष्ट गर्न थालेको हो ।

आवश्यक कागजात र वैधता नदेखिएपछि अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरिएको नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टको सचिवालयले जनाएको छ ।

नगरमा अवैध इ-रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने अभियान अन्तर्गत आज पहिलो दिन ५ वटा इ-रिक्सा नष्ट गरिएको र यो क्रम अब निरन्तर जारी रहने नगर प्रमुख प्रशान्त विष्टले बताए । नष्ट गरिएका इ-रिक्सा नष्ट गरेर कबाडमा दिइने उनले बताए ।

उपमहानगरका अनुसार नेपालगन्जमा सञ्चालनमा रहेका इ-रिक्साहरुलाई आवश्यक कागजात सहित उपमहानगरमा दर्ता गर्नका लागि पटक पटक सूचना गर्दापनि रिक्सा धनीहरु सम्पर्कमा नआएपछि नष्ट गर्नु परेको हो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २१ बजे

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना