३० भदौ २०८३, मंगलबार | September 15, 2026

तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’



जुम्ला । जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यायो कपडा वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत मङ्गलबार गाउँपालिकाले वडा नं १, २ र ३ का ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले यस आर्थिक वर्षमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत रु १० लाख बजेट विनियोजित गरिएको बताए । ज्येष्ठ नागरिकलाई उच्च गुणस्तरको ज्याकेट प्रदान गरिएको छ ।

पहिलो चरणमा पालिकाको वडा नं १ मा ४९ जना, वडा नं २ मा ७८ र वडा नं ३ मा ८२ गरी जम्मा दुई सय नौ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । कार्यक्रमबाट क्रमशः यहाँका अन्य वडाका ज्येष्ठ नागरिकको घरमै पुगेर न्यायो कपडा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचारलगायत अन्य राहतमुखी कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत बुढाथापाले बताए । ज्येष्ठ नागरिकलाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ । रासस

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : २९ बजे

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने