८ चैत्र २०८२, आइतबार | March 22, 2026

खजुरास्थित लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी, ६२ वटा बाख्रा जलेर मरे



खजुरा । कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा आगोमा जलेर मरेको छ । बाँकेको जानकीमा रहेको लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा मध्यराती आगलागी हुँदा इकाईमा रहेका मध्य ६२ वटा बाख्रा मरेको हो ।

विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो । बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा रहेका मध्ये २८ वटा ठूला र ३४ वटा पाठापाठी मरेको बाँके प्रहरीले जनाएको छ । २१ वटा बाख्रालाई उद्धार गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

प्रहरीका अनुसार स्थानीयवासी र त्यहाँका कर्मचारीले विहान ६ बजे आगो निभाएका थिए । जिउँदा बाख्राको उद्दार समेत स्थानीय र कर्मचारीहरुले गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको डीएसपी नारायण डाँगीले बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : ५२ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड