९ पुस २०८२, बुधबार | December 25, 2025

राष्ट्रविरोधी गतिविधि हुन नदिन एमाले महासचिवको जोड



गुल्मी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेका राजनीतक दल सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । महासचिव पोखरेलले राष्ट्रविरोधी गतिविधि हुन नदिनेतर्फ समाजका सबै वर्ग एकजुट हुनुपर्नेमा जोड समेत दिए ।

एमाले जिल्ला कमिटीद्वारा बुधबार गुल्मीमा आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता बढ्नु चिन्ताको विषय भएको बताए। उनले भने, “ लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको छ, राष्ट्र विरोधी र अराजक शक्ति हाबी भएका छन् । त्यसो हुन नदिन सबै राजनीतिक पार्टी एकताबद्ध हुन आवश्यक छ । ”

महासचिव पोखरेलले देशको विकासालाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्नुको उद्देश्य पनि राष्ट्र र समाजकै विकास भएको बताए ।

तीन दिनसम्म सञ्चालन प्रशिक्षणमा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापाले प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : ३८ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना