३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन ।

प्रधानमन्त्री ‘प्रचण्ड’ सँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान (न्याम्स) का पदाधिकारीको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए ।

वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवसथा आउनु भएन ।” वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाए ।

छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधान उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १ : ४७ बजे

नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा

टी-२० क्रिकेट विश्वकप : वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौँ । टी-२० क्रिकेट विश्वकपमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह

राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा महाशिवरात्री बढाइँ अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३ औँ सेना