२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

३० औं न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता पुष २९ गतेदेखी बुटवल, पाल्पा र लमहीबाट सुरु



बुटवल । यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजना हुने लुम्बिनी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिताको ३० औं संस्करण यहीँ पुस २९ गतेबाट सुरू हुने भएको छ । प्रतियोगिताको ३० औं संस्करणको प्रथम चरण आउँदो आइतबार तीन वटा केन्द्र रुपन्देहीको बुटवल, दाङको लमही र पाल्पामा हुन लागेको हो । प्रदेशका १० जिल्लाबाट सहभागी हुने प्रतियोगिताको तयारी पूरा भएको विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

न्यू होराइजन माध्यमिक विद्यालय बुटवलले विद्यार्थीको वौद्धिक प्रतिभा प्रष्फुटन, ज्ञान विज्ञानका गहनतम पक्ष अभिवृद्धि र सरकारी र निजी विद्यालयबीच आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले २०५० सालमा जिल्लास्तरीय क्वीज प्रतियोगिता शुरु गरेको थियो । जिल्लास्तरीयबाट अञ्चलस्तरीय हुंदै गत वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता भएको हो ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले २९ गते तीन वटा केन्द्रबाट छनौट भई आउने ६ टिमको फाइलन प्रतियोगिता माघ २६ गते बुटवलमा हुने जानकारी दिए ।

‘तीन वटा केन्द्रबाट दुई/दुई टिम प्रथम र द्धितीय फाइलनमा सहभागी हुनेछन’ प्राचार्य उपाध्यायले भने, ‘बुटवल केन्द्र हाम्रो विद्यालयमा रुपन्देही कपिलवस्तु र नलपरासी, पाल्पा केन्द्रमा पाल्पा, गुल्मी र अर्घाखाँची र दाङको लमहीमा दाङ, रोल्पा, बाँके र बर्दियाका विद्यालय सहभागी हुनेछन ।’ प्रतियोगितालाई निष्पक्ष बनाउने उद्देश्यले यो प्रतियोगितामा न्यू होराइजन संस्था अन्तर्गतका कुनै पनि विद्यालय र विद्यार्थीले भाग नलिने तर प्रतियोगिता अवलोकन गरेर वौद्धिक क्षमता विकासमा सहभागी गराइने उनले स्पष्ट पारे ।

फाइनल राउन्डमा प्रत्येक केन्द्रबाट सेमीफाइनलमा प्रथम र द्वितीय भएका ६ विद्यालय प्रवेश पाउने छन् । फाइनलमा प्रथम हुनेलाई ३३ हजार, द्वितीय हुनेलाई २४ हजार, तृतीय हुनेलाई १८ हजार तथा सिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिने संयोजक अर्यालले बताए । फाइनलमा ३ वटै प्रतियोगी समूहलाई प्रोत्साहन पुरस्कार प्रति समूह ३ हजारका दरले नगद र प्रमाणपत्र दिइने छ । त्यस्तै तीन वटै केन्द्रमा प्रथम हुनेलाई ९ हजार, द्धितीय ६ हजार, तृतीयलाई ४ हजार ५ सय र प्रोत्साहन पुरस्कार अन्य ३ समुहलाई प्रति समुह १५०० को दरले ४५०० शिल्ड मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । लमही केन्द्रमा हुने प्रतियोगिताका लागि शिक्षक प्रकाश खनाल, पाल्पा केन्द्रमा विष्णुप्रसाद बस्याल र बुटवल केन्द्रमा मुक्तिनाथ पौडेललाई संयोजक तोकिएको विद्यालयका उपप्रचार्य वासुदेव अर्यालले बताए ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले न्यू होराइजनले शैक्षिक गुणस्तर,अतिरिक्त क्रियाकलाप र खेलकुदमा शुरु गरेका अभ्यास र उपलब्धी सरकारी र अन्य निजी विद्यालयले अनुशरण गर्दै आएको बताए ।

पत्रकार सम्मेलनमा उपप्राचार्य बालकृष्ण भण्डारी, शिक्षकहरु भाष्करनाथ पाण्डे,क्वीज मास्टर पशुपति अर्याल लगायतले बोल्दै क्वीज प्रतियोगिताले विद्यार्थीलाई चौतर्फी क्षेत्रका ज्ञान दिलाउने भएकाले यसमा सरकारी निकायको सहयोग हुनुपर्ने धारणा राखेका थिए । प्रतियोगितामा भौगोलिक विकटताका कारण रुकुमपुर्व र प्युठानबाट विद्यालय सहभागी हुन कठीन हुने आंकलन गरिएको छ । गत वर्ष करिब डेढ सय विद्यार्थी सहभागी भएको प्रतियोगितामा दाङ लमहीको तुलसी माथि प्रथम, एभरेष्ट मावि बुटवल दोस्रो र बुद्ध पब्लिक मावि देवदह तेस्रो भएका थिए ।

न्यू होराइजन इङलिस् बोर्डिङ स्कूल २०४६ सालमा स्थापित भई शिक्षा क्षेत्रमा राष्ट्रमै विशिष्ट पहिचान बनाउन सफल भएको अग्रणी शैक्षिक संस्था हो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ६ : २४ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको