३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

३० औं न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता बुटवल, पाल्पा र लमहीबाट सुरु

८७ विद्यालयबाट ६ वटा फाइनलमा



बुटवल । यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको ३० औं संस्करण सुरू हुने भएको छ । प्रतियोगिताको ३० औं संस्करणको प्रथम चरण आज आइतबार तीन वटा केन्द्र रुपन्देहीको बुटवल, दाङको लमही र पाल्पामा एकै साथ सुरु भएको हो ।

न्यू होराइजन माध्यमिक विद्यालय बुटवलको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो चरण (हिट राउण्ड ) मा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ८७ विद्यालयले प्रतिस्पर्धा गरेका छन् । भाग लिएका मध्ये तीन वटै केन्द्रमा प्रथम र दोस्रो भएका ६ वटा विद्यालय फाइनलमा प्रवेश गरेका छन् ।

रुपन्देही, नवलपरासी र कपिलवस्तुका विद्यालयलाई लक्षित गरिएको बुटवल केन्द्रमा ४१ विद्यालयका विद्यार्थीले भाग लिएका थिए । जसमा सुनगाभा बोर्डिङ स्कूल सैनामैना प्रथम,एभरेष्ट बोर्डिङ स्कूल बुटवल दोस्रो र कालिका मानव ज्ञान मावि बुटवल तेस्रो भए । यस्तै ग्रीनप्लान्ट बोर्डिङ देवदह,बुद्ध दीप बोर्डिङ कञ्चन र सिद्धार्थ बोर्डिङ डिंगरनगर तिलोत्तमा सान्त्वना भएका प्रतियोगिताको बुटवल केन्द्र संयोजक मुक्तिनाथ पौडेलले जानकारी दिए ।

यस्तै पाल्पा, गुल्मी र अर्घाखाँचीलाई लक्षित गरिएको तानसेन केन्द्रमा २६ वटा विद्यालयले भाग लिएकामा दमकडा मावि प्रथम,जनता मावि दोस्रो र रेन्बो बोर्डिङ स्कूल बलेटक्सार तेस्रो भएका प्रतियोगिताको तानसेन केन्द्र संयोजक विष्णुप्रसाद बस्यालले जानकारी दिए ।

यस्तै दाङ, रोल्पा, बाँके, बर्दियालाई लक्षित गरिएको लमही केन्द्रमा २० विद्यालयले भाग लिएकामा जनज्योति विद्या मन्दिर घोराही प्रथम,मेचीकाली बोर्डिङ स्कूल घोराही दोस्रो र गोर्खा पब्लिक स्कुल घोराही तेस्रो भएका प्रतियोगिताको लमही केन्द्र संयोजक प्रकाश खनालले जानकारी दिए ।

बुटवल केन्द्रमा प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्य मन्त्री एवं प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले विद्यार्थीको वौद्धिक क्षमता विकास गर्न हाजिरीजवाफ प्रतियोगिताले धेरै ठूलो भूमिका खेल्ने उल्लेख गर्दै न्यू होराइजनले वर्षेनी लाखौं खर्च गरेर यो प्रतियोगिता गरेर शिक्षा क्षेत्रमा नमूना काम गरेको बताए ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको वौद्धिक प्रतिभा प्रष्फुटन,ज्ञान विज्ञानका गहनतम पक्ष अभिवृद्धि र सरकारी र निजी विद्यालयबीच आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले २०५० सालमा जिल्लास्तरीय क्वीज प्रतियोगिता शुरु गरेर अञ्चलस्तरीय हुंदै गत वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता गर्दै आएको र निकट भविष्यमा राष्ट्रियस्तरको गर्ने बताए । अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले मुलुकको समग्र शैक्षिक गुणस्तर हासिलमा निजी विद्यालयको योगदान सरकारीको भन्दा धेरै रहेको हुंदा राज्यले निजी विद्यालयका माग सम्बोधन गर्नुपर्ने बताए ।

तानसेन केन्द्रको उद्घाटन कार्यक्रममा तानसेन वडा नं ७ का अध्यक्ष प्रदीप खनाल,न्यू होराइजनका संस्थापक एवं उपप्राचार्य बालकृष्ण भण्डारी,न्यु होराइजन पाल्पाका प्रिन्सिपल डासुराम पन्त,पाल्पा केन्द्र संयोजक विष्णुप्रसाद बस्याल,हरिप्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।

लमही केन्द्रको उद्घाटनमा नगर प्रमुख जोगराज चौधरी उपप्रमुख लक्ष्मी योगी,न्यू होराइजनका उपप्राचार्य बासुदेव अर्याल,लमही केन्द्र संयोजक प्रकाश खनाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतियोगितालाई निष्पक्ष बनाउने उद्देश्यले यो प्रतियोगितामा न्यू होराइजन संस्था अन्तर्गतका कुनै पनि विद्यालय र विद्यार्थीले भाग नलिएका तर प्रतियोगिता अवलोकन गरेर वौद्धिक क्षमता विकासमा सहभागी गराइएको प्रतियोगिताका संयोजक कमलापति अर्यालले बताए ।

तीनवटै केन्द्रमा प्रथम, द्वितीय तृतीय र सान्त्वना हुने ३ वटा टिमलाई क्रमशः प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ४५ सय र प्रोत्साहन पुरस्कार ३ समूहलाई प्रति समूह १५ सयका दरले प्रदान गरिएको प्रतियोगिताका संयोजक अर्यालले जानकारी दिए ।

अब ६ वटा विद्यालयबीच फाइनल बुटवलमा माघ २६ गते हुने छ । फाइनलमा प्रथम हुनेलाई ३३ हजार, द्वितीय हुनेलाई २४ हजार, तृतीय हुनेलाई १८ हजार तथा सिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिने संयोजक अर्यालले बताए । फाइनलमा अन्य ३ वटा प्रतियोगी समूहलाई प्रोत्साहन पुरस्कार प्रति समूह ३ हजारका दरले नगद र प्रमााणपत्र दिइने छ ।

गत वर्ष भएको प्रतियोगितामा दाङको तुलसी माथि प्रथम, एभरेष्ट मावि बुटवल दोस्रो र बुद्ध पब्लिक मावि देवदह तेस्रो भएका थिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : ०६ बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्