२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

रुपन्देहीका राष्ट्रसेवकलाई ध्यानको माध्यमबाट सेवकीय संस्कार सिकाईदै



बुटवल । रुपन्देहीका राष्ट्रसेवकहरुलाई सेवकीय संस्कार सम्बन्धी प्रशिक्षण कार्यक्रम दिईएको छ । तिलोत्तमा नगरपालिका वडा न.९ स्थित मंगलपुरमा रहेको ओशोधरा ध्यानकेन्द्र,ओशो भिलेजमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रशासन मातहात रहेका कार्यालयका कार्यालय प्रमुखहरुलाई सेवकीय संस्कार सम्बन्धी प्रशिक्षण दिईएको हो ।

एकदिवसीय सो कार्यक्रमलाई प्रशिक्षण दिदैँ जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्मचारी नागरिकमैत्री हुनुपर्ने बताए । कर्मचारीले सेवकीय संस्कारलाई आत्मसाथ गर्दै सेवाग्राहीलाई छिटो,छरितो र सम्माजनक सेवा दिनुपर्नेमा जोड् दिए । सेवाप्रदायक कर्मचारी नागरिक प्रति समान व्यवहार र सेवालाई स्तरीयता बनाउन तप्पर हुनुपर्ने उल्लेख गरे । गुनासो रहित सेवामा कर्मचारी प्रतिबद्ध हुनुपर्ने कुरा प्रमुख जिल्ला अधिकारी अर्यालले दर्साए ।

ओशोधारा आचार्य तथा प्रमुख प्रशिक्षक सुभाष बरालले हरेक मानिसहरुले अंहकारलाई हटाएर शान्त र आनन्दको जिवन बिताउन आग्रह गरेका छन् । शान्ति आफुभित्रै भएका कारण शान्ति र आनन्द खोज्न बाहिर जान नपर्ने कुरा उल्लेख गरे । मानसिक तथा शारीरिक दबाबका कारण तनाव सिर्जना हुने बताउँदै यसको निराकरणको ओखती पनि आफुभित्रै रहेको कुरा बताए । हरेक कामलाई ईमान्दार र प्रेमपुर्ण तरिकाले गर्नाले कर्मको प्रतिफल पनि प्रशंसायोग्य आउने आचार्य बरालले चर्चा गरे ।

यस्तै,प्रशिक्षण दिँदै सत्यार्थ गिरि प्रसाद गैरेले योग,ध्यान र प्रणयामले मात्र मानव जिवनलाई सुन्दर शान्त बनाउन सकिने बताए ।लगावपुर्ण आफनो काम गर्नुपर्ने बताउँदै समय व्यवस्थापन गरि दैनिक रुपमा शारिरीक व्यायमको आवश्यकता रहेको उल्लेख गरे । सु–सभ्य समाज निर्माणमा ध्यान र योगको आवश्यकता रहेको भन्दै निरन्तरता दिनु आजको आवश्यकता रहेको आयार्च गैरेले विश्वास व्यक्त गरे ।

सो प्रशिक्षणमा सहभागिता जनाएका प्रशिक्षार्थीहरुले प्रशिक्षण कार्यक्रम अति नै जिवनपयोगी भएको बताउदै जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद समेत दिए । करिब १५० जना भन्दा बढि राष्ट्रसेवकले प्रशिक्षण लिएका थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : ०९ बजे

उपचारमा लापरवाही भन्दै बिरामीका आफन्तले गरे बुटवलको चौराह अस्पताल घेराउ

बुटवल । बुटवलको चौराह अस्पतालमा उपचारको क्रममा लापरवाही भएको भन्दै

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री  यादव

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं

रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण

लुम्बिनी । ‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र