१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चिसो बढेसँगै नगरबासीलाई आगो ताप्न चोक चोकमा मुढा खसालियो



नेपालगन्ज । शीतलहरसंगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा आगो ताप्न (धुनी जगाउन) दाउरा वितरण सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणलाई आगो ताप्नका लागि भन्दै आज विहानैदेखि दाउरा वितरण सुरु गरेको हो ।

नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायतले विहान नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरेका थिए ।

रामलिला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवनचोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्क भित्र, कारकाँदो चोक, विशाल चोक, पिपल चौतारा खजुरारोड, जिल्ला प्रहरी कार्यालय अगाडि खजुरारोड, जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, विपी चोक, विटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममामा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रमुख विष्टले जानकारी दिए ।

उनले अब नियमितरुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकहरुमा समेत दाउरा वितरण गरिने बताए । शीतलहरको सुरुवातसंगै चिसो अत्याधिक बढेकाले सर्वसाधारणको सहजताको लागि सामूहिक आगो ताप्ने व्यवस्था मिलाइएको विष्टले बताए ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ३३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान