२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बाँकेको घिया गाउँमा होमस्टे सहितको पर्यटकीय स्थल बनाइँदै



खजुरा । बाँकेको घिया गाँउमा होमस्टे (घरबास)सहित पर्यटकीय स्थल बनाइने भएको छ । खजुरा गाँउपालिकाको लगानीमा घिया गाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो ।

किसान आन्दोलन, जनयुद्ध र ६२/६३को आन्दोलनमा अग्रणी भुमिका खेलेको घिया गाउँलाई पर्यटकीय स्थल बनाउन भन्दै पालिकाले यस वर्ष पूर्वाधार विकास तथा डीपीआर निर्माण गर्न २५ लाख बिनियोजन गरेको खजुरा गाँउपालिका अध्यक्ष डम्बर विक तुफानले बताए । पुर्वाधार विकास अन्तर्गत माघ १ गतेलाई लक्षित गर्दै आज गाँउमा माघी मेला समेत आयोजना गरिएको छ ।

माघी मेलामा बोल्दै अध्यक्ष विकले ऐतिहासिक घिया क्रान्तिपुर तालको संरक्षण गर्ने र ताल पर्यटनको विकास गर्दै मुक्त कर्मया बस्तीमा होमस्टेको निर्माण गरिने जानकारी दिए । उनले देशविदेशका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण प्रदान गर्ने गरि १६ बिगाहा जग्गामा ताल निर्माण गरि त्यस वरिपरि मुक्त कमैयाहरुले आफै संचालन गर्ने गरि होमस्टे बनाइने बताए । यसै वर्षमा स्थानीय अगुवाहरुलाई देशका उत्कृष्ट होमस्टेको भ्रमण गराईने तथा पर्यटन सम्बन्धी तालिम प्रदान गरिने उनले बताए ।

परम्परादेखि साबिक रनियापुर र हाल खजुरा गाँउपालिकाको ७ र ८ नम्बर वडामा सिंचाई गर्न पुग्ने १६ बिगाहा क्षेत्रफलको प्राकृतिक ताल हाल अतिक्रमणको चपेटामा परेको छ । थारु समुदायको बाहुल्यता रहेको घिया र मुस्लिम बाहुल्यता रहेको रनियापुरलाई पर्यटनको केन्द्र बनाउन पालिकाले यसै वर्ष देखि बजेट बिनियोजन गरेको छ ।

बैजनाथ र खजुरा गाँउपालिकाको सिमानामा पर्ने घिया तालको विकास र संरक्षण गर्न अन्तरपालिका समन्वय गरिने अध्यक्ष विकले बताए । आज आयोजित माघी मेलामा थारु समुदायका स्थानीय कलाकारहरुले थारु संस्कृतिमा आधारित कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ०८ बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र