४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

मुलुकको समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक : एमाले महासचिव पोखरेल



नेपालगञ्ज। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा सोमबार दिउसो आयोजना गरेको पत्रकारमा बोल्दै महासचिव पोखरेलले मुलुकको विकास र सम्बृद्धिको लागि बलियो राजनीतिक शक्तिलेमात्र निकास दिनसक्ने कुरामा जोड दिए।

‘नयाँ पपुलारिटीको रूपमा आएका शक्तिले केही गर्न सक्दैनन्। मुलुकमा केही गर्ने हो भने बलियो राजनीतिक शक्तिले मात्र गर्न सक्छ’, उनले भने।

वर्तमान सरकारका कारण मुलुक बैदेशिक शक्ति केन्द्रहरुको क्रिडास्थल भएको आरोप समेत लगाउदै गठबन्धन सरकारले बजेटरी प्रणाली भन्दा बाहिर गएर आफूले गर्नुपर्ने काम दूतावासमा सुम्पेको विषयमा चिन्ता ब्यक्त गरे।

उनले भने, ‘आइएनजियोलाई समेत निगरानी गर्नु पर्ने बेलामा बजेटरी प्रणालीलाई चुनौति दिँदै आफ्नो लाचारी पन प्रस्तुत गरेर सरकार र राज्यले गर्ने काम दूतावासलाई सुम्पनु अत्यन्त निन्दाको काम भएको छ।’

वर्तमान सरकार र सत्ता गठबन्धनले संबिधानको रक्षा गर्न नसकेको र अतिबादलाई प्रबद्धन गर्ने काम गरेको बताउदै एमालेको पुष्पलाल मध्यपहाडि सम्बृद्धिको यात्राले जनतामा केही आशा थपेको उल्लेख गर्दै यो यात्रा एमालेको मात्र नभएको समग्र राष्ट्रको संकल्प यात्रा भएको ठोकुवा गरे।

उनले चाँडैनै हुलाकी सडकको यात्रा तय गर्ने एमालेको तयारी रहेको सो अवसरमा जानकारी दिए। फरक प्रसंगमा एमाले महासचिव पोखरेलले एमाले समानुपातिकतर्फ जनताले अत्याधिक रुचाएको पार्टी भएकोले मिसन ८४ का लागि तयारी गरेको तर, सत्तामा सहभागि हुने तत्काल कुनै सम्भावना नभएको बताए।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ०७ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन