१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मुलुकको समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक : एमाले महासचिव पोखरेल



नेपालगञ्ज। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा सोमबार दिउसो आयोजना गरेको पत्रकारमा बोल्दै महासचिव पोखरेलले मुलुकको विकास र सम्बृद्धिको लागि बलियो राजनीतिक शक्तिलेमात्र निकास दिनसक्ने कुरामा जोड दिए।

‘नयाँ पपुलारिटीको रूपमा आएका शक्तिले केही गर्न सक्दैनन्। मुलुकमा केही गर्ने हो भने बलियो राजनीतिक शक्तिले मात्र गर्न सक्छ’, उनले भने।

वर्तमान सरकारका कारण मुलुक बैदेशिक शक्ति केन्द्रहरुको क्रिडास्थल भएको आरोप समेत लगाउदै गठबन्धन सरकारले बजेटरी प्रणाली भन्दा बाहिर गएर आफूले गर्नुपर्ने काम दूतावासमा सुम्पेको विषयमा चिन्ता ब्यक्त गरे।

उनले भने, ‘आइएनजियोलाई समेत निगरानी गर्नु पर्ने बेलामा बजेटरी प्रणालीलाई चुनौति दिँदै आफ्नो लाचारी पन प्रस्तुत गरेर सरकार र राज्यले गर्ने काम दूतावासलाई सुम्पनु अत्यन्त निन्दाको काम भएको छ।’

वर्तमान सरकार र सत्ता गठबन्धनले संबिधानको रक्षा गर्न नसकेको र अतिबादलाई प्रबद्धन गर्ने काम गरेको बताउदै एमालेको पुष्पलाल मध्यपहाडि सम्बृद्धिको यात्राले जनतामा केही आशा थपेको उल्लेख गर्दै यो यात्रा एमालेको मात्र नभएको समग्र राष्ट्रको संकल्प यात्रा भएको ठोकुवा गरे।

उनले चाँडैनै हुलाकी सडकको यात्रा तय गर्ने एमालेको तयारी रहेको सो अवसरमा जानकारी दिए। फरक प्रसंगमा एमाले महासचिव पोखरेलले एमाले समानुपातिकतर्फ जनताले अत्याधिक रुचाएको पार्टी भएकोले मिसन ८४ का लागि तयारी गरेको तर, सत्तामा सहभागि हुने तत्काल कुनै सम्भावना नभएको बताए।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ०७ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत