४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

एकीकृत समाजवादीले माग्यो आफ्ना मन्त्रीहरुसँग प्रगति विवरण



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टीलाई रिपोर्ट कार्ड बुझाउनुपर्ने भएको छ । सोमबार बसेको सचिवालयको बैठकले सरकारमा रहेको मन्त्रीहरुको प्रगतिविवरण माग्ने निर्णय गरेपछि मन्त्रीहरुले पार्टीलाई रिपोर्ट कार्ड(प्रगतिविवरण) बुझाउनु पर्ने भएको हो ।

सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुले आजसम्म के कस्ता कामहरु गरे ? उनीहरुको काममा कस्तो प्रगति भएको छ ? त्यसको विवरण पार्टीमा बुझाउन बैठकले निर्देशन गरेको एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सरकारमा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री बेदुराम भुसाल सहभागी छन् ।

बैठकले राष्ट्रिय सभामा उठेका गठबन्धनका उम्मेदवारहरू जिताउन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय पनि गरेको खतिवडाले बताए । प्रवक्ता खतिवडाका अनुसार पार्टीले भारतीय विदेशमन्त्री लगायत विभिन्न देशसँग भएका सहमतिहरु सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी माघ ८ गते ११ बजे बस्नेगरी महाधिवेशन मस्यौदाबारे छलफल गर्न पार्टीको विधान मस्यौदा समितिको बैठक बोलाउने निर्णय गरेको उनले बताए ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ३६ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको