९ पुस २०८२, बुधबार | December 24, 2025

राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

आयोगको आज बसेको बैठकले गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।

निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

आयोगले प्रदेश राजधानी मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचनको कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउने निर्देशन दिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदान प्रयोजनका लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको आयोगले जनाएको छ ।

आयोगले मतदातालाई मतदान केन्द्र रहेका जिल्लाका होटल व्यवसायीसँग समन्वय गरी मतदाताकै निजी खर्चमा बसोबास, उम्मेदवार र मतदाता निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र हिँडडुलको व्यवस्था तथा मतदान केन्द्र र मतगणनास्थलको सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

आयोगले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन जिल्ला निर्वाचन सुरक्षा समितिलाई क्रियाशील तुल्याई निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी एवम् भरपर्दो बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ३ : २१ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार