३१ बैशाख २०८१, सोमबार | May 13, 2024

खानेपानी निर्माण तथा उपभोक्ता समिति बुद्धनगरद्वारा रक्तदान, ६८ यूनिट संकलन



बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल-११ बुद्धनगर नहरपुरले विहिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ प्वाइन्ट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रगत अभावका कारण कुनै पनि नागरिकलाई उपचार अभाव नहोस् भन्ने उद्देश्यले यो संस्थाले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । स्थानीय स्तरमा रक्तदानलाई हरेक व्यक्तिलाई नियमित बनाउनका लागि धेरै वर्ष पहिलेदेखि रक्तदान कार्यक्रमलाई संस्थाले नियमित गर्दै आएको संस्थाका अध्यक्ष आशिष सूर्यवंशीले बताए । बुधबारको रक्तदानमा पनि स्थानीय उपभोक्ताको सकृयतामा ६८ प्वाइन्ट रगत संकलन गर्न सकिएको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने उनले बताए ।

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुद्धनगर नहरपुरमै आयोजना गरिएको सो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको समितिले जनाएको छ । हरेक सामाजिक संघसंस्थाले आफ्नो नियमित कार्यक्रममा रक्तदानलाई जोड्नसके रगत अभावमा सर्वसाधारण दौडन नपर्ने र नियमित रक्तदानले हरेक व्यक्तिलाई स्वस्थ्य राख्नसक्ने खानेपानी समितिका सचिव अर्जुन जिसीले बताए । नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको संस्थाले विहिबार १० औं पटक आयोजना गरेको कार्यालय सचिव प्रकाश काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १ : ४१ बजे

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती

डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सोल्टी युनाइटेडलाई

बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा भएको ‘डिके तामाङ

अर्थसहित चार संसदीय समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै

कांग्रेसको संसदीय दलको बैठक आज बस्दैँ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको