१३ श्रावण २०८३, बुधबार | July 29, 2026

खानेपानी निर्माण तथा उपभोक्ता समिति बुद्धनगरद्वारा रक्तदान, ६८ यूनिट संकलन



बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल-११ बुद्धनगर नहरपुरले विहिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ प्वाइन्ट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रगत अभावका कारण कुनै पनि नागरिकलाई उपचार अभाव नहोस् भन्ने उद्देश्यले यो संस्थाले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । स्थानीय स्तरमा रक्तदानलाई हरेक व्यक्तिलाई नियमित बनाउनका लागि धेरै वर्ष पहिलेदेखि रक्तदान कार्यक्रमलाई संस्थाले नियमित गर्दै आएको संस्थाका अध्यक्ष आशिष सूर्यवंशीले बताए । बुधबारको रक्तदानमा पनि स्थानीय उपभोक्ताको सकृयतामा ६८ प्वाइन्ट रगत संकलन गर्न सकिएको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने उनले बताए ।

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुद्धनगर नहरपुरमै आयोजना गरिएको सो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको समितिले जनाएको छ । हरेक सामाजिक संघसंस्थाले आफ्नो नियमित कार्यक्रममा रक्तदानलाई जोड्नसके रगत अभावमा सर्वसाधारण दौडन नपर्ने र नियमित रक्तदानले हरेक व्यक्तिलाई स्वस्थ्य राख्नसक्ने खानेपानी समितिका सचिव अर्जुन जिसीले बताए । नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको संस्थाले विहिबार १० औं पटक आयोजना गरेको कार्यालय सचिव प्रकाश काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १ : ४१ बजे

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको