२७ माघ २०८२, मंगलबार | February 11, 2026

बुटवलमा ब्यापार संघको चुनावी माहौल तात्यो : यस्तो छ अधिकारी समुहको चुनावी एजेण्डा



बुटवल । रुपन्देही व्यापार संघमा एमाले भित्रैबाट २ वटा प्यानल खडाभएपछि मतदाताहरु अन्यौलमा परेका छन् । नेकपा एमाले समर्थीत ब्यवसायिको स्पष्ट बहुमत रहेको संघमा एमाले भित्रैकै दुईवटा समुहले प्यानल बनाएर उम्मेदवारी दिएपछि मतदाताहरु अन्यौलमा परेका हुन् ।

३६ सदस्यीय कार्यसमितिको लागि भोलि निर्वाचन हुदैछ । बि.स २०५७ सालमा स्थापना भएसंग संस्थामा दिपक अधिकारी र डिल्लीराज भण्डारीको दुईवटा प्यानल चुनावमा होमिएको छ ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका दिपक अधिकारीले आफ्नो निरन्तर लामोसमय संस्थामा योगदानलाई न्याय दिँदै आफुलाई मत दिन मतदातालाई आह्वान गरेका छन् । मौजुदा समितिमा द्वितिय उपाध्यक्ष रहेका दिपक अधिकारी अहिले अध्यक्षमा उम्मेद्वार बनेका छन । उनी २ कार्यकाल सदस्य, २ कार्यकाल कोषाध्यक्ष, २ कार्यकाल उपाध्यक्ष र १ कार्यकाल द्धितीय उपाध्यक्ष हुँदै अध्यक्षमा उम्मेदवार बनेका हुन् । उनले उम्मेदवारमा प्रतिस्पर्धा नहुँदा संस्थाको गति सुस्त भएको उल्लेख गर्दै संस्थालाई तिव्रता दिने गरि अघि बढाउन निर्वाचन महत्वपुर्ण हुने बताए ।

ब्यवसायीहरुमा संस्थाप्रति घटेको आकर्षकलाई तिव्रता दिन पनि आफू उम्मेदवारी दिएको उनको भनाई छ ।

पालोभन्दा पनि कामको, योगदानको, सक्षमताको र सबल टिमका आधारमा मतदान गर्न उनले मतदातालाई आग्रह गरे । उनको प्यानलमा ऋषिराम पाण्डे प्रथम उपाध्यक्षका उम्मेदवारी दिएका छन। पाण्डेको अर्का प्यानलका दया भण्डारीसंग प्रथम उपाध्यक्ष पदमा भिडन्त हुनेछ ।

उम्मेदवार अधिकारीले ब्यवसायीको स्वतन्त्र चुनाव भएकाले पार्टीको कुनै पक्षधरता नरहेको पनि बताए । उनले आफुले भन्सार नाकाको समस्यालाई पटकपटक उठाउदै ब्यवसायिहरुको हितमा नेतृत्व गर्दै आएको दाबी गरे । बजारमा देखिएको मन्दिलाई मध्येनजर गरि स्थानीय सरकारसंग समन्वय गरि घरबहाल घटाउने काम गर्न समेत आफ्नो सक्रियता रहेको उनले बताए । आफुले जितेमा मन्दीको अवस्थामा नगरपालिकाबाट लिने करको दर कम गर्ने उनले प्रतिवद्घता जनाए ।

उता संघको अध्यक्ष पदमा अर्को प्यानल खडा गरेका डिल्ली राज भण्डारीको पक्षमा पुर्व अध्यक्षहरु टंक पोखरेल र यमलाल लोहनी खुलेका छन ।

प्रथम उपाध्यक्षमा अधिकारीको प्यानलबाट ऋषिराम पाण्डे र भण्डारीको प्यानलबाट दयानिधि भण्डारी उम्मेदवार छन् । पाण्डे एमाले रुपन्देही सचिवालय सदस्य एवं बुटवल इन्चार्ज हुन् । द्वितीय उपाध्यक्षमा अधिकारीको प्यानलबाट प्रेमनाथ पाण्डे र भण्डारीको प्यानलबाट नामदेव पाण्डे, कोषाध्यक्षमा अधिकारीको प्यानलबाट मनिराम खनाल रभण्डारीको प्यानलबाट झविन्द्र अधिकारी र उम्मेदवार छन् ।

सचिवमा अधिकारीको प्यानलबाट मनिमदिन मिया र भण्डारीको प्यानलबाट मनहरी बस्याल, सहसचिवमा अधिकारीको प्यानलबाट मेघनाथ पौडेल र भण्डारीको प्यानलबाट प्रकाशराज पौडेल तथा सहकोषाध्यक्षमा अधिकारीको प्यानलबाट अर्जुनप्रसाद भट्टराई र भण्डारीको प्यानलबाट विनित भट्टराई उम्मेदवार छन् । रुपन्देही व्यापार संघमा हाल संघमा १५९६ जना सदस्य छन ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १० : ०६ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा