२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

बस दुर्घटनामा निधन भएकी पुर्व अध्यक्ष बस्नेतलाई सम्झदै महिला उद्यमीले गरे शोक सभा



नेपालगन्ज । पुर्व अध्यक्ष कुसुम बस्नेतको सम्झनामा महिला उद्यमी संघ नेपाल बाँकेले बिहिबार शोकसभा गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित संघको कार्यालयमा पुर्व अध्यक्ष बस्नेतलाई सम्झदैं महिला उद्यमीहरुले शोक सभा गरेका हुन् ।

महिला उद्यमी संघ नेपाल बाँकेको संस्थागत विकाससँगै महिला उद्यमीको नेतृत्व विकासमा महत्वपुर्ण योगदान गरेकी बस्नेतको बस दुर्घटनामा मृत्यु भएको थियो । नेपालगन्जबाट काठमाडौं जाने क्रममा गत पुष २७ गते दाङको भालुवाङमा भएको बस दुर्घटनामा बस्नेतको मृत्यु भएको थियो ।

बस्नेत २०६८ देखि २०७० साल सम्म महिला उद्यमी संघ नेपाल बाँकेको अध्यक्षको रुपमा रहेकी थिइन् । अम्बेश्वरी छापाखानाबाट व्यवसायमा सक्रिय बस्नेत नेपालगन्जमा सफल महिला उद्यमीको रुपमा परिचित थिइन् ।

बिहिबार स्व.बस्नेतको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै समवेदना प्रकट गर्दै शोक सभा गरिएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताइन् ।

शोक सभा कार्यक्रममा महिला उद्यमी संघ नेपाल बाँकेको निर्वतमान अध्यक्ष निरुपमा रस्तोगी, पुर्व अध्यक्ष कमला टण्डन, सुशिला गौतम, अन्जु गुरुङ, प्रथम उपाध्यक्ष रेवती सिंह, दिृतिय उपाध्यक्ष आभा गौतम, तृतिय उपाध्यक्ष बबिता मैनाली, महासचिव सरिता शाक्य, कोषाध्यक्ष बिन्दु चर्तिमगर तथा कार्यसमितिका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

पुर्व अध्यक्षको निधनले महिला उद्यमीको क्षेत्रमा अतुलनिय क्षति गरेको भन्दैं महिला उद्यमी संघ नेपाल बाँकेले १३ दिन सम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको अध्यक्ष बस्नेतले बताइन् ।

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : ०१ बजे

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार

काभ्रेको बुच्चाकोटमा यात्रु बस दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुस्तामा नेपाली भूमीमा भारतीय एसएसबीको गस्ती, सुस्ताबासीको प्रतिकार

नवलपरासी(सुस्तापश्चिम) । नवलपरासी (सुस्तापश्चिम)को सुस्तामा नेपाली भूमीमा आएर नेपालीहरुलाई धम्की