१७ माघ २०८२, शनिबार | February 1, 2026

बुटवलको प्रगति माविमा गोपाल रानाले गरे छात्रवृत्ति वितरण



बुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित प्रगति माध्यामिक विद्यालयलको रजत जयन्ती महोत्सव अन्तरगत युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले छात्रवृत्ती वितरण गरेका छन् । विद्यालयमा अध्यनरत ८७ जना गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालयमा समाजसेवी रानाले स्थापना गरेको ५ लाख ५५ हजार राशीको अक्षकोषबाट छात्रपवृत्ति वितरण गरिएको हो । सो अवसरमा बोल्दै रानाले राज्यले कुनै पनि बालबालिकाले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । सोही योजना अनुसार आफूले प्रगती माविमा निजी स्रोतबाट रहेका शिक्षकहरुलाई सेवा सुविधा प्रदान गर्न तथा विद्यार्थीलाई छात्रवृत्तिबाट अध्ययनमा प्रोत्साहित गर्न अक्षकोष स्थापना गरेको उल्लेख गरे । आफ्नो सानो प्रयासले पनि ठूलो प्रेरणा अरुलाई समेत जान सक्ने उल्लेख गरे ।

विद्यालय स्थापनाको ऐतिहासिक २५ औ वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम गरी सप्ताहव्यापी मनाउँदै छ । विद्यालयकी प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ गतेदेखि जारी महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुन जानकारी दिईन् ।

विद्यालयका अध्यक्ष जित बहादुर मल्लले शहरभित्रकै पिछडिएको वडामा वि.स. २०५४ सालमा स्थापना भएको विद्यालयले शैक्षिक योगदान दिँदै आएको बताए । श्रमिक, गरिब, जनताका छोराछोरीहरुलाई शिक्षा दिँदै आएको विद्यालय नगरको पहुँचमा पुग्न नसकेको अवस्थामा पनि स्थानीय शिक्षाप्रेमीहरुको अगुवाईमा भौतिक र शैक्षिक विकास हुँदै आएको उनले बताए । विद्यालयमा शैक्षिक विकासमा योगदान दिने अक्षयकोष दाता, शिक्षकहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको उनले बताए । विद्यालयमा हाल २१ शिक्षक, कर्मचारी र ६ सय विद्यार्थी अध्ययरत छन ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ५४ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले