२ भदौ २०८३, मंगलबार | August 19, 2026

बुटवलको प्रगति माविमा गोपाल रानाले गरे छात्रवृत्ति वितरण



बुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित प्रगति माध्यामिक विद्यालयलको रजत जयन्ती महोत्सव अन्तरगत युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले छात्रवृत्ती वितरण गरेका छन् । विद्यालयमा अध्यनरत ८७ जना गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालयमा समाजसेवी रानाले स्थापना गरेको ५ लाख ५५ हजार राशीको अक्षकोषबाट छात्रपवृत्ति वितरण गरिएको हो । सो अवसरमा बोल्दै रानाले राज्यले कुनै पनि बालबालिकाले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । सोही योजना अनुसार आफूले प्रगती माविमा निजी स्रोतबाट रहेका शिक्षकहरुलाई सेवा सुविधा प्रदान गर्न तथा विद्यार्थीलाई छात्रवृत्तिबाट अध्ययनमा प्रोत्साहित गर्न अक्षकोष स्थापना गरेको उल्लेख गरे । आफ्नो सानो प्रयासले पनि ठूलो प्रेरणा अरुलाई समेत जान सक्ने उल्लेख गरे ।

विद्यालय स्थापनाको ऐतिहासिक २५ औ वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम गरी सप्ताहव्यापी मनाउँदै छ । विद्यालयकी प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ गतेदेखि जारी महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुन जानकारी दिईन् ।

विद्यालयका अध्यक्ष जित बहादुर मल्लले शहरभित्रकै पिछडिएको वडामा वि.स. २०५४ सालमा स्थापना भएको विद्यालयले शैक्षिक योगदान दिँदै आएको बताए । श्रमिक, गरिब, जनताका छोराछोरीहरुलाई शिक्षा दिँदै आएको विद्यालय नगरको पहुँचमा पुग्न नसकेको अवस्थामा पनि स्थानीय शिक्षाप्रेमीहरुको अगुवाईमा भौतिक र शैक्षिक विकास हुँदै आएको उनले बताए । विद्यालयमा शैक्षिक विकासमा योगदान दिने अक्षयकोष दाता, शिक्षकहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको उनले बताए । विद्यालयमा हाल २१ शिक्षक, कर्मचारी र ६ सय विद्यार्थी अध्ययरत छन ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ५४ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति