२० बैशाख २०८१, बिहिबार | May 3, 2024

नेपालगन्जमा इ-रिक्सा चोर्ने र अस्पतालमा बिरामी कुरुवाको मोबाइल चोर्ने चोरहरु पक्राउ



नेपालगन्ज । नेपालगन्जमा बिभिन्न स्थानमा पार्किङ गरिराखेको इ-रिक्सा चोरी गर्ने तथा अस्पतालहरुमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्ने चोरहरुलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बिभिन्न चोरीका घटनामा संलग्न चोरहरुलाई प्रहरीले फरक फरक स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत माघ ३ गते रातको ११:५० बजेको समयमा नेपालगन्ज ९ स्थित घरमा चार्जमा जोडेर पार्कीङ गरि राखेको ई-रिक्सा तार काटि चोरी गर्ने क्रममा नेपालगन्ज १५ का गुड्डु जसगढलाई तार काट्ने औजार सहित प्रहरीले पक्राउ गरेको छ भने माघ ४ गते रातको ९:०० बजे नेपालगन्ज १० भृकुटिनगरबाट पार्किङ गरि राखेको ने १ ह १०३६ नम्बरको ई-रिक्सा चोरी गरेर भाग्दै गरेका नेपालगन्ज राजु जसगढले ई-रिक्सा चोरी गरि लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरि माघ ४ गते मध्यान्ह २ बजे नेपालगन्जज मेडिकल कलेजमा उपचारको क्रममा आएका बिरामी तथा कुरुवाहरुको मोबाईल चोरी गरि भाग्ने क्रममा जिल्ला नेपालगन्ज २२ का हकिकत अली किङ्गरियालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : १२ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक