७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपालगन्जमा इ-रिक्सा चोर्ने र अस्पतालमा बिरामी कुरुवाको मोबाइल चोर्ने चोरहरु पक्राउ



नेपालगन्ज । नेपालगन्जमा बिभिन्न स्थानमा पार्किङ गरिराखेको इ-रिक्सा चोरी गर्ने तथा अस्पतालहरुमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्ने चोरहरुलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बिभिन्न चोरीका घटनामा संलग्न चोरहरुलाई प्रहरीले फरक फरक स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत माघ ३ गते रातको ११:५० बजेको समयमा नेपालगन्ज ९ स्थित घरमा चार्जमा जोडेर पार्कीङ गरि राखेको ई-रिक्सा तार काटि चोरी गर्ने क्रममा नेपालगन्ज १५ का गुड्डु जसगढलाई तार काट्ने औजार सहित प्रहरीले पक्राउ गरेको छ भने माघ ४ गते रातको ९:०० बजे नेपालगन्ज १० भृकुटिनगरबाट पार्किङ गरि राखेको ने १ ह १०३६ नम्बरको ई-रिक्सा चोरी गरेर भाग्दै गरेका नेपालगन्ज राजु जसगढले ई-रिक्सा चोरी गरि लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरि माघ ४ गते मध्यान्ह २ बजे नेपालगन्जज मेडिकल कलेजमा उपचारको क्रममा आएका बिरामी तथा कुरुवाहरुको मोबाईल चोरी गरि भाग्ने क्रममा जिल्ला नेपालगन्ज २२ का हकिकत अली किङ्गरियालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : १२ बजे

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट