७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले नेताबिरूद्द लाग्नेसँग खेलकुद महासंघ जाईलाग्ने



काठमाडौं । एमाले जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताबिरुद्ध चलाइएको अफवाह चिर्न बिशेष टीम बनाएको छ ।

शुक्रवार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरुले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्षसहित रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय बिशेष समिति गठन गरेको हो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र महासंघका इञ्चार्ज कर्ण थापाले बिशेष प्रशिक्षण दिएका थिए । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पर्शुराम बस्नेतले पार्टी नेतृत्वबिरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न समिति गठनको प्रस्ताव गरेका थिए । अध्यक्ष बस्नेतको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

‘नेकपा एमाले तथा हाम्रा पार्टी नेता तथा नेतृत्वप्रति प्रायोजित आक्रमण, हमला तथा फैलाइने अनावश्यक हल्लाहरुलाई परास्त गर्न र जनमानसमा रहेका भ्रमहरु चिर्न कमिटीले बिषेश योजनासहित काम अघि बढाउने छ,’ अध्यक्ष बस्नेतले भने, ‘कमिटी अब नेकपा एमालेविरुद्धका समाजमा छरिएका हुन् या सामाजिक सन्जालमा गरिएका किन नहुन्, अनावश्यक प्रायोजित हल्ला तथा भ्रमहरुलाई चिर्न डटेर लाग्नेछ, नेकपा एमालेको प्रतिरोधी दस्ता हुनेछ ।’

बैठकले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल बनाउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै रोलमोडल बनाउनु पर्ने ठहर गर्दै सिंगो पार्टी पंक्तिलाई यसतर्फ बिशेष ध्यानाकर्षण गरेको छ । ‘आफ्नै पार्टीको नेतालाई रोलमोडल बनायौं भने मात्रै मिशन ८४ सफल हुन्छ । केपी ओलीलाई रोलमोडल बनाएर सिंगो पार्टी पंक्ति मिशन ०८४ मा होमिनुपर्छ,’ महासंघका अध्यक्ष बस्नेतले भने ।

अध्यक्ष बस्नेतका अनुसार बैठकले संगठन बिस्तारको बिशेष योजना पनि पारित गरेको छ । जसअनुसार आगामी ३ बर्षभित्र डेढ लाख नयाँ सदस्यता बितरण गरिने छ । यस्तै बैठकले एक कमिटी एक खेलकुद गतिबिधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य बितरण अभियान अघि बढाउने निर्णय गरेको छ । अव महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले दुई जना नयाँ सदस्य बनाउने निर्णय भएको अध्यक्ष बस्नेतले बताए ।

 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ५ : ३१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज