८ पुस २०८२, मंगलबार | December 24, 2025

एमाले नेताबिरूद्द लाग्नेसँग खेलकुद महासंघ जाईलाग्ने



काठमाडौं । एमाले जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताबिरुद्ध चलाइएको अफवाह चिर्न बिशेष टीम बनाएको छ ।

शुक्रवार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरुले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्षसहित रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय बिशेष समिति गठन गरेको हो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र महासंघका इञ्चार्ज कर्ण थापाले बिशेष प्रशिक्षण दिएका थिए । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पर्शुराम बस्नेतले पार्टी नेतृत्वबिरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न समिति गठनको प्रस्ताव गरेका थिए । अध्यक्ष बस्नेतको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

‘नेकपा एमाले तथा हाम्रा पार्टी नेता तथा नेतृत्वप्रति प्रायोजित आक्रमण, हमला तथा फैलाइने अनावश्यक हल्लाहरुलाई परास्त गर्न र जनमानसमा रहेका भ्रमहरु चिर्न कमिटीले बिषेश योजनासहित काम अघि बढाउने छ,’ अध्यक्ष बस्नेतले भने, ‘कमिटी अब नेकपा एमालेविरुद्धका समाजमा छरिएका हुन् या सामाजिक सन्जालमा गरिएका किन नहुन्, अनावश्यक प्रायोजित हल्ला तथा भ्रमहरुलाई चिर्न डटेर लाग्नेछ, नेकपा एमालेको प्रतिरोधी दस्ता हुनेछ ।’

बैठकले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल बनाउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै रोलमोडल बनाउनु पर्ने ठहर गर्दै सिंगो पार्टी पंक्तिलाई यसतर्फ बिशेष ध्यानाकर्षण गरेको छ । ‘आफ्नै पार्टीको नेतालाई रोलमोडल बनायौं भने मात्रै मिशन ८४ सफल हुन्छ । केपी ओलीलाई रोलमोडल बनाएर सिंगो पार्टी पंक्ति मिशन ०८४ मा होमिनुपर्छ,’ महासंघका अध्यक्ष बस्नेतले भने ।

अध्यक्ष बस्नेतका अनुसार बैठकले संगठन बिस्तारको बिशेष योजना पनि पारित गरेको छ । जसअनुसार आगामी ३ बर्षभित्र डेढ लाख नयाँ सदस्यता बितरण गरिने छ । यस्तै बैठकले एक कमिटी एक खेलकुद गतिबिधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य बितरण अभियान अघि बढाउने निर्णय गरेको छ । अव महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले दुई जना नयाँ सदस्य बनाउने निर्णय भएको अध्यक्ष बस्नेतले बताए ।

 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ५ : ३१ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना