४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

तिलोत्तमा नगरपालिकाद्वारा नगरबासीलाई आगो ताप्न चोकचोकमा दाउरा वितरण



बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीलाई आगो ताप्नका लागि आइतबारदेखि दाउरा वितरण गर्न सुरु गरेको छ । तिलोत्तमा अन्तर्गतका प्रत्येक वडाहरुका सार्वजनिक स्थल तथा चोक-चोकमा नगरपालिकाले दाउरा वितरण गरेको हो ।

नगरपालिकाले दाउरा खरिद गरी ट्याक्टर तथा टिप्परमा बोकेर ठाउँ-ठाउँमा दाउरा पुराउने काम भइरहेको तिलोत्तमाको वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले जानकारी दिए । देवदहको साझेदारी वनबाट दाउरा खरिद गरी जनतलाई चिसोबाट बचाउन दाउरा वितरण गरिएको उनले बताए ।

श्रीका अनुसार नगरपालिकाको २ वटा ट्याक्टर र एउटा टिप्परमा बोकेर योगीकुटी, मणिग्राम चोक, चार नम्बर, ड्राइभरटोल, नयाँ मिल, शंखरपुरा, भलवारी, मँगलापुर, पत्थर डाँडा, मधौलिया लगायतका चोकहरुमा दाउरा वितरण गरिएको छ । पालिका अन्तर्गका प्रत्येक वडा तथा सार्वजनिक स्थलहरुमा दाउरा वितरण हुने बताइएको छ ।

तिलोत्तमा नगरपालिकाले चिसो बढेपछि यस अघि नै माघ १० गतेसम्म विद्यालय बन्द गर्न आह्वान गरेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित भएको र बालबालिका तथा वृद्धवृद्धालाई जोखिम हुने भएको भन्दै सचेतना अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ५७ बजे

पहिरोका कारण मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड अवरुद्ध

काठमाडौं । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ

कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी

मुस्ताङ । उत्तरी कोरलानाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा

कामु प्रधानन्यायाधीशको आदेशपछि ‘दरपिठ’ निवेदन दर्ता हुने

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध दायर रिट