३ पुस २०८२, बिहिबार | December 18, 2025

तिलोत्तमा नगरपालिकाद्वारा नगरबासीलाई आगो ताप्न चोकचोकमा दाउरा वितरण



बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीलाई आगो ताप्नका लागि आइतबारदेखि दाउरा वितरण गर्न सुरु गरेको छ । तिलोत्तमा अन्तर्गतका प्रत्येक वडाहरुका सार्वजनिक स्थल तथा चोक-चोकमा नगरपालिकाले दाउरा वितरण गरेको हो ।

नगरपालिकाले दाउरा खरिद गरी ट्याक्टर तथा टिप्परमा बोकेर ठाउँ-ठाउँमा दाउरा पुराउने काम भइरहेको तिलोत्तमाको वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले जानकारी दिए । देवदहको साझेदारी वनबाट दाउरा खरिद गरी जनतलाई चिसोबाट बचाउन दाउरा वितरण गरिएको उनले बताए ।

श्रीका अनुसार नगरपालिकाको २ वटा ट्याक्टर र एउटा टिप्परमा बोकेर योगीकुटी, मणिग्राम चोक, चार नम्बर, ड्राइभरटोल, नयाँ मिल, शंखरपुरा, भलवारी, मँगलापुर, पत्थर डाँडा, मधौलिया लगायतका चोकहरुमा दाउरा वितरण गरिएको छ । पालिका अन्तर्गका प्रत्येक वडा तथा सार्वजनिक स्थलहरुमा दाउरा वितरण हुने बताइएको छ ।

तिलोत्तमा नगरपालिकाले चिसो बढेपछि यस अघि नै माघ १० गतेसम्म विद्यालय बन्द गर्न आह्वान गरेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित भएको र बालबालिका तथा वृद्धवृद्धालाई जोखिम हुने भएको भन्दै सचेतना अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ५७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका