१८ माघ २०८२, आइतबार | February 2, 2026

घरेलु मदिरा उत्पादनलाई ब्राण्डीङ गर्न आयातित मदिरामा प्रतिबन्ध !



बेनी । म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

स्थानीय आमा समूहको अगुवाइमा मुसुङमा युवा समूह र गाउँले सहभागी गाउँ भेला गरी शनिवारदेखि गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको स्थानीय पृथ्वी पुनले बताए । “गाउँमा आयातित मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ । अहिलेसम्म गाउँमा खुलारुपमा बिक्री हुँदै आएको थियो । अबका दिनहरूमा कसैले बिक्रीवितरण तथा सेवन गरेको पाइएमा जरिवानासहित कारबाही गर्ने निर्णय गरिएको छ”, पुनले भने ।

गाउँमा छरिएका मदिराका बोतल र सुर्तीजन्य पदार्थका खाली प्याकेटलाई जम्मा गरी व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए । आयातित मदिरा सेवनका कारण गाउँको पुँजी बाहिरिएको र युवा कुलतमा फस्दै जान थालेकाले आयातित मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरिएको स्थानीय देवी पुनले बताए ।

बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा स्थानीयले गरेको निर्णय स्वागतयोग्य भएको बताए । विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने खतरा बढ्नाका साथै धनराशिसमेत मासिने गरेकामा आमा समूहको अगुवाइमा गरिएको यो निर्णयलाई आफूले पनि सघाउने उनले बताए ।

त्यसैगरी, रघुगङ्गा गाउँपालिका–५ झीँ गाउँमा पनि आयातित मदिरालाई निषेध गरिएको छ । सामाजिक सुधारअन्तर्गत आयातित मदिरा निषेध गरिएपछि गाउँमा सकारात्मक परिवर्तनहरु देखिएका रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । “गाउँमा कमसल स्तरका आयातित मदिरा सेवनका कारण धेरै जना बिरामी परे, राम्रो गुणस्तरका मदिरा महङ्गो हुने भएकाले धेरै रकम गाउँबाट बाहिरियो । यसलाई रोक्न गाउँमा सामाजिक सुधारअन्तर्गत आयातित मदिरा निषेध गरेपछि यसले धेरै सकारात्मक प्रभाव पारेको छ,” वडाअध्यक्ष शेरपुञ्जाले भने ।

वडाअध्यक्ष शेरपुञ्जाका अनुसार विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा पनि आयातित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । मदिरा सेवन गर्नेहरुलाई गाउँमा नै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको स्थानीय तिलक सिउथानीले बताए ।

विवाह, व्रतबन्धलगायतका अवसरमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकामा आयातित मदिरालाई निषेध गरेपछि फजुल खर्च बचत हुने उनले बताए ।

स्थानीय मदिरालाई वैधानिकता दिने तयारी

गण्डकी प्रदेश सरकारले स्थानीय मदिरा, गाँजा र खानी उत्खननलाई वैधानिकता दिने तयारीमा जुटेको छ । यही हिउँदे अधिवेशनमा खानी, गाँजा र स्थानीय रक्सीलाई वैधानिकता दिने विधेयक पारित प्रस्तुत गर्ने गरी तयारी भएको गण्डकी प्रदेशका न्यायाधिवक्ता चिरञ्जीवी शर्माले जनाएका छन् ।

यी तीन वटा विधेयक पारित भए म्याग्दीमा रहेका तामा, ढुङ्गा, सिसा खानीका साथै घरेलु मदिरा र प्राकृतिक रुपमा उम्रिएका गाँजाको समेत सदुपयोग हुने उनले बताए । गाँजाको बिक्री केवल औषधि र उद्योगमा कच्चापदार्थका रुपमा उपयोग गर्नेगरी कानुन निर्माण गरेर गाँजालाई वैधानिक बनाउने प्रदेश सरकारको योजना छ ।

उनका अनुसार स्थानीय रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने र वैधानिक बनाउने तयारीमा प्रदेश सरकार रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ३८ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन