१३ असार २०८३, शनिबार | June 28, 2026

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, भारतिय प्रधानमन्त्री मोदीले गरे पूजा अर्चना



नेपालगन्ज । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा रामको मन्दिर बनाउने फैसला गरेर भारतिय न्यायालयले न्यायको लाज बचाएको बताएका छन् । अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा पछि आयोजित धार्मिक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले न्यायकै आधारमा अयोध्यामा राममन्दिर बनेको जिकिर गरे ।

उनले अयोध्यामा मन्दिर निर्माण भएसँगै भारतको कालचक्र बदलीएको दाबी गर्दै भारतको अशुभ समय समाप्त भएर शुभ यात्रामा अगाडि बढेको बताए । उनले सताब्दीको प्रतिक्षाबाट भारत अहिलेको अवस्थामा पुगेको बताउँदै अव भारत अगाडि बढ्ने संकल्प गरे । भारतको कालचक्र सकारात्मक दिशामा अगाडि बढ्ने मोदीको विश्वास छ । ‘यही सही समय हो, हजारौं वर्षका लागि राष्ट्र निर्माणको संकल्प गर्ने बेला, रामराज्य निर्माण गर्ने बेला,’ उनले भने, ‘राम विवाद होईन, राम समाधान हो । राम भारतको आस्था र आधार हो ।’

सभालाई सम्बोधन गर्दै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदत्यिनाथले रामको आस्थावानहरुको जीत भएको उल्लेख गर्दै जहाँ मन्दिर बनाउने संकल्प गरिएको थियो, त्यहीँ मन्दिर बनाउन सफलता मिलेको बताए ।

सभासुरु हुनु अघि प्रधानमन्त्री मोदीले मन्दिरको गर्भभागमा स्थापना गरिएको रामको मर्तिको नित्यपूर्वक पूजा अर्चना गरेका थिए । प्रधानमन्त्री मोदी प्राण प्रतिष्ठाका लागि ११ दिन देखि उपवास बसि आज पूजा अर्चना गर्न अयोध्या पुगेका थिए ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : १६ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट