४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन ।

सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ। त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ ।”

चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै बस्छौँ । स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ । आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौँ । त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाउँ ।”

“ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्छ । तर, ऐनले जति कुराको बाटो खोलिदिएको छ, त्यसको सम्बोधनका लागि हामीले नै तत्परता देखाउनुपर्छ” प्रधानमन्त्री प्रचण्डले भने, “ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन । अहिले भएको साधनस्रोतका आधारमा गर्नसकिने कामहरू कार्यतालिका बनाएर गरौँ ।”

बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, स्वास्थ्य सचिवद्वय डा. रोशन पोखरेल, देवकुमारी गुरागाइँ, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव कृष्णकुमारी काप्री, नर्सिङ काउन्सिलका रजिष्टार शुक्ला खनाल लगायत उपस्थित थिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ३७ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त

उज्यालोका इन्जिनियर सुरज पाण्डे : प्रविधि, ऊर्जा र राजनीतिक परिवर्तनको संगम

बुटवल। समयको चक्रसँगै राजनीति पनि रूपान्तरणको चरणमा छ। परम्परागत अनुहार

सेना दिवसमा अमेरिकी सेनाको परेडप्रति माओवादीको आपत्ति, सरकारसँग स्पष्ट धारणा माग

काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसका अवसरमा काठमाडौंको सैनिक

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं ।। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर

सेतोपाटीमाथि कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं. ३ को निर्वाचन