२९ चैत्र २०८२, आइतबार | April 12, 2026

विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या



सल्यान । विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। छत्रेस्वरी गाउँपालिका-५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको हो।

पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए। तर सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव फेला परेको थियो।

स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शंकास्पद देखिएपछि श्रीमान् मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए।

प्रहरीका अनुसार मृतक युवतीको शरीरमा निलडाम छन्। उनको नाम सीमा कवर भनिएपनि अहिलेसम्म बास्तविक नाम समेत खुलेको छैन।

वडाध्यक्ष फौदबहादुर बस्नेतले भने आइतबार राति कटुपिट गरेर मोहनले श्रीमतीको घरमै हत्या गरेको देखिएको बताए।

प्रहरीले सोधपुछ गर्दा मोहनले प्रारम्भिक वयानमा आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : २५ बजे

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः