११ श्रावण २०८३, सोमबार | July 27, 2026

कृष्ण सिटौला हराउन एमालेले राप्रपा बोक्यो : वर्षमान पुन



विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेण्डा बोकेर हिंडेको राप्रपासँग साँठगाँठ नगर्न एमाले नेतृत्वलाई आग्रह गरेका छन् । कोशी प्रदेशमा सत्ता गठबन्धनले खडा गरेका राष्ट्रियसभा निर्वाचनका उम्मेदवार र मतदाताबीच सोमबार विराटनगरमा आयोजित अन्तरक्रियामा परिवर्तनविरोधी शक्तिसँगको सहकार्यले एमाले नेतृत्वमाथि शंकाको वातावरण निर्माण भएको बताए ।

राप्रपा जनतालाई आफ्नै घरको आँगनमा समेत उभिन नदिने निरंकुशतन्त्रको प्रतिनिधि दल भएको पुनको टिप्पणी थियो । ‘जनतालाई आफ्नै घर आँगनमा पनि निस्कन नदिने र लोकतन्त्र पक्षधभर शीर्ष नेतालाई थुनामा राख्ने शासक जसलाई लाखौंलाख जनता सडकमा आएर सशस्त्र आन्दोलनको बलमा निकालिएको थियो’, पुनले भने, ‘त्यस्ता शासकको पक्षमा बोल्ने शक्तिलाई बाक्नुुपर्ने बाध्यता एमाले नेतृत्वलाई कसरी आइलाग्यो ?’

उनले एमाले नेतृत्वले निरंकुशतन्त्रका हिमायतीलाई बोकेर हिंड्नु लोकतन्त्रप्रतिको उपहास भएको आरोप लगाए । कोशी प्रदेशमा एमालेले राष्ट्रिय सभा निर्वाचनमा राप्रपा उम्मेदवारलाई समर्थन गर्न लागेको सूचना आफूले पाएको पुनले बताए । उनले ०७४ को निर्वाचनमा माओवादी र एमालेले तालमेल गरेको समयमा समेत आफूहरुलाई थाहै नदिई एमाले अध्यक्ष केपी ओलीले झापा–४ बाट राप्रपाका राजेन्द्र लिङदेनलाई जिताएर काँग्रेस नेता कृष्णप्रसाद सिटौला हराएको स्मरण गरे ।

संविधान निर्माण र शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि सिटौलालाई सर्वपक्षीय समर्थन हुनुपर्नेमा उनलाई हराउने चलखेलअन्तर्गत एमालेले राप्रपा बोकेको पुनले आरोप लगाए । ‘कृष्ण सिटौला शान्ति प्रक्रिया, संविधान निर्माणका साथै नेपाली राजनीतिको एउटा कालखण्डामा निकै ठूलो योगदान गरेको नेता हुनुहुन्छ । उहाँजत्तिको नेताले उम्मेदवारी दिएपछि इतिहासमा खेलेको योगदानको सम्मान गर्दै सबैले सर्वसम्मत बनाउनुपर्ने हो, उम्मेदवार नै खडा गर्न नहुने हो’, पुनले भने, ‘ प्रदेश र प्रतिनिधिसभाको मुख्य प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रियसभामा परिपक्व र सन्तुलित नेतृत्व चाहिन्छ । सिटौलाजीलाई त सर्वसम्मत बनाउनुपर्ने हो । उहाँ कसैसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने व्यक्ति होइन ।’

संविधानको रक्षा गर्नुपर्ने अप्ठ्यारो अवस्थामा बनेको वर्तमान गठबन्धनको निरन्तरता, संविधानको कार्यान्वयन तथा आवश्यक परिमार्जनका लागि पनि सिटौला राष्ट्रियसभामा आउनैपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : ३५ बजे

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार