९ कार्तिक २०८३, सोमबार | October 26, 2026

लुम्बिनी प्रदेश लन टेनिस संघमा संजय प्रकाश श्रेष्ठ



बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक प्रदेश स्तरिय लन टेनिस संघ गठन भएको छ । लन टेनिसका खेलाडीहरुको आज बुटवलमा भएको सम्मेलनले लन टेनिस खेलाडी संजय प्रकाश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय लुम्बिनी प्रदेश टेनिस संघ गठन गरेको छ ।

प्रथम सम्मेलनबाट उपाध्यक्षमा मनोज कुमार बस्नेत, सचिव गोपाल ज्ञवाली, कोषाध्यक्ष सागर थापा, सदस्यमा डा. प्रकाश बस्नेत, दया शिवाकोटी शाह सर्वसम्मत चयन भएका छन् ।

संघको आजै बसेको पहिलो बैठकबाट चोम बिक्रम शाह (सुनिल) लाई बिधान सम्मत उपाध्यक्षमा मनोनित गरिएको नवनिर्वाचित प्रदेश सचिव गोपाल ज्ञवालीले बताए ।

टेनिस खेलाडीहरुको लुम्बिनी प्रदेश सम्मेलनको आज एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै सदस्य सचिव भट्टराईले सबै सरोकारवालाहरु साझा अधिकार सुचिमा रहेको खेलकुदलाई बुझेर सहकार्यसहितको गन्त्व्य बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । खेलकुदलाई साझा अधिकारको सुचिमा पार्नुपर्ने उल्लेख गर्दै उनले खेलकुद अतिरिक्त क्रियाकलाप कहिलै नहुने तर्क गरे । उनले खेलकुद अनिवार्य विधा भएको दाबी गरे ।

संयुक्त राष्ट्र संघले खेलकुदलाई शान्ति र विकासको रुपमा परिचय दिएको उदाहरण दिदै सदस्य सचिव भट्टराईले खेलकुद खल्ने, रमाउने मात्र नभई नाम र दाम कमाउने क्षेत्रका रुपमा स्थापित भएको बताए । खेल खेलेर बाच्न सक्ने अवस्था सृजना हुने गरि अभियानमा प्रदेश अघि बढेको उनले दाबी गरे ।

राज्यको लगानी न्यून हुँदा पनि रुपन्देही खेल विकासमा सधै अग्रसर रहेको उनले बताए । खेलप्रतिको यस क्षेत्रका खेलप्रेमीहरुको लगावकै कारण छोटो समयमा खेलाडी उत्पादन र प्रतियोगिता गर्न सफल भएको उनको भनाई छ ।

कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठले लनटेनिस खेलमा काठमाडौ, पोखरापछि रुपन्देहीमा राम्रो विकास भईरहेको बताए । ग्रासरुट खेल विकासमा रुपन्देहीको योगदानबारे प्रकाश पार्दै निरन्तर अभ्यास र खेल विकासमा लाग्न सुझाव दिए ।

कार्यक्रममा पुर्व जिशिअ तथा नेपाल पौडी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष टेक बहादुर थापाले खेललाई सरकारको प्राथमिकतामा पर्ने गरेको बताए । राणाकालिन समयमा पारिवारिक मनोरञ्जनका लागि खेलको सुरुवात भएको ईतिहास रहेको उल्लेख गर्दै उनले लनटेनिस काठमाडौं केन्द्रीत खेलका रुपमा हुँदै छोटोसमयमा नै देशका मुख्य शहरहरुमा विकास भएको दाबी गरे ।

उनले बिस २०२८ सालको दरबन्दी २०४४ सालमा चलाउनु गलत भएको तर्क दिदै खेलकुदमा स्थानिय, प्रदेश र केन्द्रको समन्वयको अभाव देखिएको दुखेसो पोखे ।

कार्यक्रममा रुपन्देही जिल्ला लनटेनिस संघका उपाध्यक्ष डा मनोज ढुगाना, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, सल्लाहकार अब्दुल सहमतले नया ढंगबाट संस्थालाई योजनाबद्ध रुपमा अघि बढाउनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ५० बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको