१ पुस २०८२, मंगलबार | December 16, 2025

अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा



काठमाडौं । अस्ट्रेलिया र उज्बेकिस्तान जारी एशियन कपको दोस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न खेलमा अस्ट्रेलिया र उज्बेकिस्तानबीचको खेल १-१ गोलको बराबरीमा सकिएसँगै समुह बी बाट पहिलो र दोस्रो हुदै नकआउट राउण्डमा पुगेका हुन् ।

यो खेलपछि अस्ट्रेलियाको ३ खेलमा ७ अंक भएको छ र भने उज्बेकिस्तानको ३ खेलमा ५ अंक रहेको छ । त्यस्तै आजै सम्पन्न अर्को खेलमा सिरियाले भारतलाई १-० गोल अन्तरले पराजित गरेर समुहमा ३ खेलमा ४ अंक हासिल गर्दै तेस्रो स्थान हासिल गरेको छ । साथै सिरियाको पनि नकआउट चरणमा पुग्ने सम्भावना बलियो रहेको छ ।

समुहमा तेस्रो स्थानमा रहेका शिर्ष चार देशले नकआउट चरणमा प्रवेश पाउने हुनाले समुह चरणका खेलपछि यसको टुंगो लाग्ने छ ।

त्यस्तै यस समुहमा रहेको भारतले भने आफ्ना तिनै खेलमा हार बेहोरेर समुह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ५६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज