४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान सुरु, साँझसम्म नतिजा आउने



काठमाडौं । आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १९ सदस्यका लागि राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

अहिले ९ देखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष हुन् ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सात प्रदेशमा एक(एक मतदानस्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ९ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको