१५ पुस २०८२, मंगलबार | December 30, 2025

संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।

बिहीवार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

पूर्व न्यायाधिश समाजका अध्यक्ष टोपबहादुर शिंहसहितका पूर्वन्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी विगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानूनको पालना गर्न लगाउन पूर्व न्यायाधिशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताए ।

प्रधानमन्त्रीले पूर्व न्यायाधिशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको वताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएको वारे निरन्तर निगरानी गरिरहनु पर्ने औल्याए । उनले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीसँगको छलफलमा पूर्व न्यायाधिशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १० : १२ बजे

कांग्रेसले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

राजविराज । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन

मेची भन्सार : पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम

बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र