२ पुस २०८२, बुधबार | December 18, 2025

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीलाई ७ विकेटले पराजित गर्दै एपीएफ विजयी



भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कप्तान रोहितकुमार पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको ५ विकेटको मद्दतमा नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको छ । एपीएफले लुम्बिनीलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जितका लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २२ ओभर ३ बलमा ३ विकेटको नोक्सानी सहज जित निकाल्यो । जितसँगै एपीएफ ६ खेलमा ६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । एपीएफका लागि कप्तान रोहितकुमार पौडेलले ४८ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडे । रोहितले यसअघि आर्मीविरुद्ध पनि अर्धशतक बनाएका थिए । पछिल्लो ५ मध्ये ४ खेलमा उनले अर्धशतक बनाएका छन् ।

यस्तै, एपीएफका पुरण विक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा नटआउट रहे भने अमरसिंह रौतेलाले २ बलमा विजयी छक्कासहित ८ रन जोडे । एपीएफले ओपनर लोकेश बमलाई पाँचौ ओभरको पहिलो बलमा गुमाएको थियो । १४ बलमा २ चौका र १ छक्कासहित उनले १६ रन जोडे । अर्का ओपनर प्रज्वल शाही १५ बलमा १ चौकासहित ५ रनमा आउट भए । बलिङमा लुम्बिनीका मोहमद हुसेन, कृष्ण कार्की र इकलाख अहमदले समान १–१ विकेट लिए ।

यसअघि बायाँ हाते स्पिनर रमेश कुर्मीले ५ विकेट लिएपछि एपीएफले लुम्बिनी प्रदेशलाई १ सय ३३ रनको सामान्य योगफलमा अलआउट गर्न सफल भएको थियो । टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा अलआउट भएको थियो । राम्रो सुरुवात गरेको लुम्बिनीको इनिङलाई एपीएफका रमेश कुर्मीले धरासायी बनाए । उनले लगातार मध्यक्रमको विकेट लिँदै ठूलो स्कोर बन्न दिएनन् ।

लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ४२ बलमा ५ चौका प्रहार गरेर नटआउट रहे । ओपनर मिर्नाल गुरुङले ३४, विराट भण्डारीले २३, प्रज्वल थापाले ११ रन बनाए पनि पछिल्ला क्रमका तीन ब्याटर नर सार्की, अभिषेक गौतम र अजय चौहानले खाता खोल्न सकेनन् । एपीएफका लागि रमेशले १० ओभरमा २ मेर्डनसहित २९ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ३ तथा रोहितकुमार पौडेल र मौसम ढकालले समान १–१ विकेट हात पारे । रमेश कुर्मी प्लेयर अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : १५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल