३ भदौ २०८३, बुधबार | August 19, 2026

लुम्बिनी खेलकुद प्रदेश सदस्य सचिव भट्टराईले गरे खजुराका २ रङ्गशालाको अवलोकन



खजुरा । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बाँकेको खजुरा स्थित मिनी फुटवल रङ्गशाला र शुक्र भलिवल रङ्गशालाको अवलोकन गरेका छन् ।

आज मध्यान्ह सदस्य सचिव भट्टराई राष्ट्रिय खेलकुद परिषद सदस्य दिपेन्द्र बिष्ट, प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा र बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदीपजङ्ग शाह सहित खजुराका २ रङ्गशाला अवलोकनका लागि पुगेका थिए ।

सो अवसरमा स्थानीय खेलकुद सम्बद्ध पदाधिकारीहरुसँग छलफल गर्दै उनले खजुरा खेलाडी जन्माउने उदगम थलो भएको बताए । उनले भौतिक निर्माणमा प्रदेश खेलकुद परिषदसँग बजेट नभएपनि खेल गतिबिधि संचालनका लागि प्रदेशबाट लगानी हुन सक्ने प्रतिबद्धता ब्यक्त गरे । उनले नितीगतरुपमा प्रदशेलाई अधिकार दिइएपनि कार्यान्वयन भइनसकेको उल्लेख गर्दै खजुरा क्षेत्रमा खेलकुदका पूर्वाधार निर्माणमा आफ्नो सहयोग रहने बताए ।

खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा सदस्यसचिव भट्टराईलाई स्थानीय न्यु डाँफे स्पोर्टस क्लवले ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सदस्य सचिव भट्टराईले आजै खजुराको २ नम्बर वार्डमा रहेको शुक्र भलिवल रङ्गशालाको पनि अवलोकन गरेका थिए । सो अवसरमा उनलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिव भीम ओलीले आठौं राष्ट्रिय खेलकुदका बेला बनेका पूर्वाधारहरुको मरमत सम्भार र संचालनमा ध्यान दिन सदस्यसचिव भट्टराईको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ९ : १४ बजे

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको