२ पुस २०८२, बुधबार | December 18, 2025

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई पराजित गर्दै पुलिस विजयी



काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यो जितसँगै पुलिसले ६ खेलमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यता सात खेल खेलको कर्णाली प्रदेश तीन खेलमा जित तथा चौथो खेलमा हार बेहोर्दै ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।

कर्णालीले प्रस्तुत गरेको एक सय ७२ रनको लक्ष्य पुलिसले २३ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । पुलिसका लागि दिलीप नाथले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६२ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ७५ रन बनाएका हुन् । यसैगरी, कुशल भुर्तेलले ४३ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । कर्णालीका लागि प्रकाश जैसीले दुई विकेट लिए भने दिवान पुन र दीपेन्द्र रावतले समान एकरएक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनाएको थियो । कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनले एक सय सात बलमा ६ चौकाको मद्दतले ५० रन बनाएका हुन् । यसैगरी कप्तान रवीन्द्र शाहीले ४०, अर्जुन घर्तीले २३ तथा दिवान पुनले २० रन बनाए ।

पुलिसका लागि सागर ढकालले तीन विकेट लिँदा ललित भण्डारीले दुई तथा दीपेन्द्रसिंह ऐरी, ललितनाराण राजवंशी र कुशल भुर्तेलले समान एकरएक विकेट लिएका थिए ।
(((

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ३२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल