३ चैत्र २०८२, मंगलबार | March 18, 2026

किसानका बगैँचामा पुगेर स्याउ व्यवस्थापनबारे जानकारी दिँदै कृषि प्रविधिक



जुम्ला । यहाँका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा लागिपरेका छन् ।

कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको तिला गाउँपालिका–१ का स्याउ किसानका बगैँचामा पुगेर बगैँचा काँटछाँट तथा स्याउ व्यवस्थापनबारे जानकारी किसानलाई दिने गरेको कृषि विकास कार्यालयका कृषि प्रविधिक सुस्मा बुढाले जानकारी दिइन ।

किसानलाई बगैँचा काँटछाँट तथा उपयुुक्त स्याउ व्यवस्थापन गर्न राम्रोसँग जानकारी छैन । कार्यालयले यहाँका सबै स्थानीय तहमा कृषि प्रविधिक खटाएको छ । स्याउ किसानलाई राम्रोसँग बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न सिकाउनेदेखि थप प्रविधिक ज्ञान दिने गरेको कार्यालयका कृषि प्रविधिक बुढाको भनाइ छ ।

यहाँका स्याउ किसान त्यतिबेला स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनमा व्यस्त हुने गरेको तिला–१ का स्याउ किसान परी रावलले बताइन । “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन, समयमै स्याउ काँटछाँट गर्न लागिपरेको छु, अहिले कृषि विकास कार्यालयबाटै प्रविधिकले बगैँचामा पुगेर स्याउ काँटछाँट गर्न सिकाउनुभएको छ”, स्याउ किसान रावतले भनिन् ।

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग गरेका छैनन् । अहिले कृषि प्रविधिकबाट बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न किसानलाई थप प्रविधिक ज्ञानबारे जानकारी दिएकाले सहज भएको स्याउ रावतको भनाइ छ ।

स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार रोप्दा र समयमै बगैँचा व्यस्थापन गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए। जिल्ला कृषि विकास कार्यालयले कार्य क्षेत्रभित्रका अधिकांश किसानका बगैँचामै स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालिएको छ ।

कार्यालयको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रमअनुसार स्याउ बगैँचा व्यवस्थापनअन्तर्गत किसानलाई चुना र निलोथुतो पनि वितरण गरिएको कृषि विकास कार्यालयका कृषि प्रविधिक बताउँछन् । जिल्लामा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा स्याउखेती भएकामध्ये करिब एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइले जनाएको छ ।
रासस

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  २ : ०० बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड