२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

नवौं डाँफे कप फुटबलको तयारी पूरा, भोलिबाट खजुरामा फुटबल भिडन्त



खजुरा । बाँकेकै जेठो क्लबहरुमध्यको न्यु डाँफे स्पार्टस् क्लव खजुराको आयोजनामा सोमबार(भोलि) बाट सुरु हुने नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा आयोजना हुने फुटबल प्रतियोगिताको तयारी पुरा भएको न्यु डाँफे क्लवका खेल संयोजक तिलकबीर सुनारले जानकारी दिए ।

सोमबार मध्यान्ह १ बजे खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बिक तुफानले उदघाटन गर्ने फुटबल प्रतियोगितामा उदघाटन खेल बाग्मती युथ क्लव र पुशपति युवा क्लव बीच हुने छ ।

नक आउट फूटबल प्रतियोगितामा बाँके जिल्लाका १४ वटा क्लवहरुले भाग लिएको प्रतियोगितका प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

खेल संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५०० रुपिया प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।

प्रथम पुरस्कर खजुरा ४ स्थायी घर भइ हाल अमेरिकामा रहेका लिलबहादुर थापाले ब्यक्तिगत प्रायोजन गरेका छन् भने बेष्ट स्कोरर, बेष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताको पुरस्कार भने जिल्ला फुटवल संघले प्रायोजन गर्ने भएको छ ।

ए डिभिजनको फुटबलको खेलाडी जन्माइसकेको न्यु डाँफे स्पोर्टस् क्लव २०३८ सालमा गठन भएको क्लव हो ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ४६ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई