१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सामुदायिक विद्यालयका विद्यार्थीलाई जुत्ताचप्पल ब्यवसायीले दिए जुत्ता र मोजा



नेपालगन्ज । नेपालगन्जका जुत्ता ब्यवसायीहरुले सामुदायिक बिद्यालयमा पढ्ने बिद्यार्थीहरुलाई जुत्ता र मोजा उपलब्ध गराएको छ । नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघले नेपालगन्जको उक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुत्ता र मोजा उपलब्ध गराएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, संगमटोलको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई आज ६६ जोर जुत्ता र ७२ जोर मोजा वितरण गरिएको संघका कोषाध्यक्ष रविन पौडेलले जानकारी दिए ।

संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष कमलप्रसाद पौडेल, अध्यक्ष कविराम जैसीलगायतको उपस्थितीमा विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरिएको उनले बताए ।

संघले हरेक वर्ष आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका विद्यार्थी पढ्ने स्कुलमा जुत्ता मोजा वितरण गर्दै आएको संस्थापक अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : २६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्