२ पुस २०८२, बुधबार | December 18, 2025

नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिता : ट्राईबेकरमा बाग्मती विजयी



खजुरा । नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगितामा बाग्मती स्पोर्टस क्लबले बिजयी शुरुवात गरेको छ । ट्राईबेकरमा पशुपति युवा क्लबमाथि बाग्मती स्पोर्टस क्लबले ५—४ गोलको जित निकालेको हो ।

बाके खजुराको मिनी रंगशालामा भएको उद्घाटन खेलको ४ औ मिनेटमा बाग्मती स्पोर्टस क्लबका प्रसान्त गिरीले आर्कषण गोल गर्दै टिमको खाता खोले । बाग्मतीको अर्को गोल भने आत्मघाती भएको थियो । पशुपति युवा क्लवका हिमाल गुरुङ्गले खेलको १७ औं र ८३ औं मिनेटमा दुई गोल फर्काउदै खेललाई बराबरीमा ल्याए । निर्धारित समयमा बाग्मती स्पोर्टस क्लब र पशुपति युवा क्लबबाट २—२ गोल गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकर बाग्मती स्पोर्टस क्लबका गोल किपर समिर थापा नायक रहे । उनले आर्कषक बचाउ गर्दै टिमलाई विजयी बनाए । उनि खेलमा म्यान अफ द म्याच घोषित हुदै नगद ११ सय रुपैया र ट्रफीबाट पुरस्कृत भए ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले ८५ हजार ५ सय ५५ रुपैयासहित, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तिलकबीर सुनारले बताए । यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन ।

प्रथम पुरस्कर खजुरा ४ स्थायी घर भइ हाल अमेरिकामा रहेका लिलबहादुर थापाले ब्यक्तिगत प्रायोजन गरेका छन् भने बेष्ट स्कोरर, बेष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताको पुरस्कार भने जिल्ला फुटवल संघले प्रायोजन गरेको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

ए डिभिजनमा खेल खेल्ने धेरै फुटबल खेलाडी जन्माइसकेको न्यु डाँफे स्पोर्टस् क्लव बिसं २०३८ सालमा गठन भएको मोफसलको चर्चित क्लब हो ।

खेलसुरु हुनु अघि सोमबार खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले सिनियर राष्ट्रिय रेफ्रि लक्ष्मी श्रेष्ठलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिकले खजुरालाई खेलकुदको हब बनाउने अभियानमा आफु लागेको बताए । उनले नयाँ खेलाडी उत्पादनका लागि न्यु डाँफे स्पोर्टस् क्लसँग स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताउँदै खजुरालाई खेलकुदमा अब्बल बनाउन क्लवहरुको उल्लेख्य भुमिका रहेको बताए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : २६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल