४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा आज नेपालको सामना बंगलादेशसँग



काठमाडौं ।आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाल आज बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ । विश्वकपको सुपर सिक्समा नेपालले बुधबार पहिलो खेल खेल्न लागेको हो । समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराएर नेपाल सुपर सिक्समा पुगेको थियो ।

सुपर सिक्सको यात्रा तय गर्दासम्म नै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको नेपाल बंगलादेशलाई पनि हराएर आफ्नो सनसनीपूर्ण यात्रालाई जारी राख्न चाहन्छ ।

बुधबारको खेलमा नेपालले बंगलादेशलाई हराए पनि सेमिफाइनलको सम्भावना भने लगभग समाप्त भइसकेको छ । सुपर सिक्सको समूह ‘एक’ मा रहेका भारत र पाकिस्तानले पहिलो खेलमा जित निकालेपछि नेपालका लागि सेमिफाइनलको यात्रा समाप्त भएको हो ।

सुपर सिक्सअन्तर्गत मंगलबार भएको पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई २१४ रनले पराजित गर्‍यो । यस्तै, पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले पराजित गर्‍यो । सुपर सिक्सको समूह ‘एक’मा भारत र पाकिस्तानको ६-६ अंक पुगेको छ ।

समूह चरणमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो । समूह चरणमा भारत र पाकिस्तान सबै ३ खेल जितेका थिए ।

विश्वकप खेलेका १६ टोलीलाई सुरुमा ४ समूहमा विभाजन गरिएको थियो । ४ समूहबाट शीर्ष ३ टोली सुपर सिक्समा पुगेका थिए । सुपर सिक्सको समूह ‘एक’मा भारत, बंगलादेश, न्यूजिल्याण्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स ‘दुई’मा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ३६ बजे

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ