११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा आज नेपालको सामना बंगलादेशसँग



काठमाडौं ।आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाल आज बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ । विश्वकपको सुपर सिक्समा नेपालले बुधबार पहिलो खेल खेल्न लागेको हो । समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराएर नेपाल सुपर सिक्समा पुगेको थियो ।

सुपर सिक्सको यात्रा तय गर्दासम्म नै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको नेपाल बंगलादेशलाई पनि हराएर आफ्नो सनसनीपूर्ण यात्रालाई जारी राख्न चाहन्छ ।

बुधबारको खेलमा नेपालले बंगलादेशलाई हराए पनि सेमिफाइनलको सम्भावना भने लगभग समाप्त भइसकेको छ । सुपर सिक्सको समूह ‘एक’ मा रहेका भारत र पाकिस्तानले पहिलो खेलमा जित निकालेपछि नेपालका लागि सेमिफाइनलको यात्रा समाप्त भएको हो ।

सुपर सिक्सअन्तर्गत मंगलबार भएको पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई २१४ रनले पराजित गर्‍यो । यस्तै, पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले पराजित गर्‍यो । सुपर सिक्सको समूह ‘एक’मा भारत र पाकिस्तानको ६-६ अंक पुगेको छ ।

समूह चरणमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो । समूह चरणमा भारत र पाकिस्तान सबै ३ खेल जितेका थिए ।

विश्वकप खेलेका १६ टोलीलाई सुरुमा ४ समूहमा विभाजन गरिएको थियो । ४ समूहबाट शीर्ष ३ टोली सुपर सिक्समा पुगेका थिए । सुपर सिक्सको समूह ‘एक’मा भारत, बंगलादेश, न्यूजिल्याण्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स ‘दुई’मा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ३६ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम