१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

कोशी भोट क्रसिङले गठबन्धनमा खासै असर गर्दैन : कानुन मन्त्री गुरुङ



बुटवल । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसका उपसभापति समेत रहेका गुरुङले अहिले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना अबस्थामा काङ्ग्रेस र सरकार दुबै नरहेको बताए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने बताए पनि अहिले त्यस्तो अवस्था नआएको बताए । उनले मन्त्री फेर्ने कुरा बजारमा चर्चा गरेजस्तो बिषय नभएको बताए ।

प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा कार्य सम्पादनमा कमजोरमन्त्री हटाउने बताएका थिए ।

मन्त्री गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याएको स्वीकार गर्दै त्यसैको भरमा केन्द्रीय गठबन्धनमा खासै असर नपार्ने स्पष्ट पारे । कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा सुरू भएको उनले बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी आफू क्रियाशील रहेको मन्त्री गुरुङले बताए ।

सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्छ । मन्त्री गुरुङले भने । अव संसदलाई बिजनेशको कमी नहुने उल्लेख गर्दै उनले हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १२ : ४३ बजे

सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात

बुटवल । युवा खेलाडीलाई प्लेटफर्म दिने गरि रुपन्देहीमा शुरु भएको

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले