३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

कोशी भोट क्रसिङले गठबन्धनमा खासै असर गर्दैन : कानुन मन्त्री गुरुङ



बुटवल । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसका उपसभापति समेत रहेका गुरुङले अहिले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना अबस्थामा काङ्ग्रेस र सरकार दुबै नरहेको बताए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने बताए पनि अहिले त्यस्तो अवस्था नआएको बताए । उनले मन्त्री फेर्ने कुरा बजारमा चर्चा गरेजस्तो बिषय नभएको बताए ।

प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा कार्य सम्पादनमा कमजोरमन्त्री हटाउने बताएका थिए ।

मन्त्री गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याएको स्वीकार गर्दै त्यसैको भरमा केन्द्रीय गठबन्धनमा खासै असर नपार्ने स्पष्ट पारे । कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा सुरू भएको उनले बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी आफू क्रियाशील रहेको मन्त्री गुरुङले बताए ।

सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्छ । मन्त्री गुरुङले भने । अव संसदलाई बिजनेशको कमी नहुने उल्लेख गर्दै उनले हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १२ : ४३ बजे

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख

पोखराबाट गुल्मीको तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना

बुटवल । पोखराबाट गुल्मीको सदरमुकाम तम्घास जादैँ गरेको बस रिडीमा

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ

बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट